Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियओलम्पिक ट्वेन्टी ट्वेन्टी यो वर्ष हुनेमा पनि आइओसी सशंकित

ओलम्पिक ट्वेन्टी ट्वेन्टी यो वर्ष हुनेमा पनि आइओसी सशंकित


काठमाडौ । कोरोनाभाइरसका कारण सारिएको टोकियो ट्वेन्टी ट्वेन्टी ट्वेन्टी वनमा पनि हुनेमा शंका उत्पन्न भएको छ ।

सन् २०२१को जुलाईमा आयोजना हुने टोकियो २०२० अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रम अझ सुनिश्चित हुन नसकेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिमा लामो समयदेखि सदस्य भएर काम गरेका डिक पाउन्डले यस्तो आंशका व्यक्त गरेका हुन ।
आयोजकहरूले गत वर्ष आयोजना हुने ओलम्पिक यो वर्ष गर्न तयार रहेको बताए पनि टोकियोमा कोभिड–१९ वैश्विक महामारीका लागि लगाइएको संकटकाल हटेको छैन ।

जुलाई २३ देखि ८ अगस्टसम्म तय गरिएको ओलम्पिक खेल पनि हुनेमा पाउन्डले शंका व्यक्त गरेका हुन ।

जापानमा कोरोनाभाइरसको सबै भन्दा बढी मात्राको व्यवस्था गरिसकेको छ । तर यसको स्थानीय परिक्षण गर्नुपर्ने काम पूरा हुन नसकेकाले यसबारे आंशका उत्पन्न भएको हो ।

बिहीबार जापानी प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड–१९ योजनाका लागि संकटकाल घोषणा गरेका थिए ।

ओलम्पिक आयोजकहरूले टोकियो २०२०लाई सुरक्षित तवरलाई समाप्त पार्न यो घोषणा गरिएको दाबी गरेका छन ।

टोकियोमा बिहीबार नयाँ संक्रमितहरूको संख्या २४४७ फेला परेको थियो । कोरोनाले गर्दा ओलम्पिक खेल सम्पन्न गर्न अनुमान गरिएको लागत बढेर २.८ अर्ब अमेरिकी डलर बराबर पुगेको छ । यो बृद्धि हुनुमा कोरोनाभाइरस संक्रमण रोकथामका लागि अपनाइने मापदण्ड रहेको छ ।

जापानको राष्ट्रिय प्रसारण संस्थाले गरेको नयाँ सर्वेक्षणमा ओलम्पिक खेल आयोजना गर्ने कार्यको विरोध गर्नेहरू बढी रहेका छन । यसलाई ढिला आयोजन गर्न वा तत्काल खारेज गर्ने पक्ष बढी रहेको देखिएको छ ।

जापानमा ५४ करोड कोरोना खोपको मात्रा सुरक्षित गरिएको छ ।तर मोडर्ना खोपको स्थानीय क्लिनिकल परिक्षण मे महिनासम्म हुन सक्ने सम्भावना देखिएको छैन । यसले ओलम्पिक आयोजना गर्न आवश्यक पूरा गर्न समयको अभाव हुन पुग्ने देखिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस