Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी राष्ट्रपति ट्रम्पलाई तत्काल पदमुक्त गर्नुपर्ने माग चर्कियो

अमेरिकी राष्ट्रपति ट्रम्पलाई तत्काल पदमुक्त गर्नुपर्ने माग चर्कियो


काठमाडौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तत्काल पद मुक्त गर्नुपर्ने माग चर्किन थालेको छ ।

प्रतिनिधि सभाकी प्रमुख तथा शीर्ष डेमोक्रेट नेता न्यान्सी पेलोसीले भनिन “ संसद भवनमा जे भयो त्यो सही भएको ठान्नु हुन्छ ? आगामी १३ दिन यस्तो घटना दोहरिन दिनका लागि तयार हुनु हुन्छ । यो खतरनाक मानिस हाम्रो लोकतन्त्रलाई अझ बढी हानी पु¥याउन सक्ने छ । ट्रम्पले जे गरे त्यो राजद्रोहको काम हो यसका कारण उनका विरूद्ध महा अभियोग लगाउन सदन बाध्य हुन सक्नेछ ।”

पेलोसीले ट्रम्प बहिरिन १३ दिन मात्र बाँकी रहेको भएपनि कुनै पनि दिन भयावह हुन सक्ने बताएकी छिन ।

पेलोसीले आफू अन्य डेमोक्रेट नेतासँग निरन्तर सम्पर्क गरिरहेको र ट्रम्पलाई कार्यालयबाट हटाउन पाउन अर्को दोस्रो प्रयास गरिरहेको बताएकी छिन ।

स्मरणीय छ डिसेम्बर २०१९मा ट्रम्प विरूद्धको महा अभियोग ल्याइएको थियो । त्यतिखेर उनका विरूद्ध दोस्रो पटक चुनाव जित्ने अवसर राम्रो बनाउन युक्रेनसँग गलत तरिकाबाट सहयोग माग गरेको आरोप लगाइएको थियो । महा अभियोग प्रक्रिया शुरू भए भने दोस्रो महा अभियोग खेप्ने ट्रम्प पहिला राष्ट्रपति हुनेछन ।

निर्वतमान प्रथम महिला मिशेल ओवामाले अमेरिकी संसद भवन क्यापिटलमा भएको घटनाबाट अमेरिकी सरकारको केन्द्रलाई निम्नस्तरको दर्शाएको बताएकी छिन । ट्रम्पको आलोचना गर्दै मिशेल ओबामाले यो राक्षसी व्यवहार रोक्न ट्रम्पका विरूद्ध सामाजिक सञ्चार सञ्जालमा सदैवका लागि प्रतिबन्ध लगाउनुपर्ने माग गरेकी छिन ।

यसैगरी न्युयोर्ककी मेयरले ट्रम्पलाई आन्तरिक आतंकवादको व्यवहारका लागि जिम्मेवार बनाइ कारबाही गर्नुपर्ने माग गरेकी छिन ।

ट्रम्पले जनवरी ६का दिन आफ्ना समर्थकहरूलाई संसद भवन कब्जा लिन लगाएका थिए । संसद भवनमा निर्वाचित राष्ट्रपतिको मतदान र मत गणना परिणामलाई पुष्टि गर्ने कारबाही बिथोल्न ट्रम्पका समर्थकहरूले बलजफ्ती प्रवेश गरेका थिए । त्यसक्रममा भएको गतिविधिमा ४ जनाको ज्यान गएको थियो छ ।

नोभेम्बरमा समपन्न निर्वाचित राष्ट्रपतिले जनवरी २०मा पदभार सम्हाल्ने परम्परा अमेरिकामा रहेको छ । यस परम्परा अनुसार जनवरी २०मा ट्रम्प बाहिरिने र बाइन पदभार सम्हाल्ने भएका छन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार, संसद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस