Techie IT
×
गृहपृष्ठअर्थशेयरबजारमा दिनहुँ नयाँ अलटाइम हाइ

शेयरबजारमा दिनहुँ नयाँ अलटाइम हाइ


काठमाडौं । शेयरबजारमा दिनहुँ नयाँ अलटाइम हाइ रेकर्ड बन्न थालेको छ । यस साता मात्रै नेप्सेले तीन पटक एक पछि अर्को रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गर्दै आइरहेको छ।

बिहीबार नेप्से सूचक १५.९१ अंक बढेर २१९४.४९ विन्दुमा पुग्दा नेप्सेले हालसम्मकै उच्च विन्दु बनाएको हो। यसै साताको पहिलो कारोबार दिन नेप्सेले सो अघिको अलटाइम हाइ रेकर्ड तोडेर २१७५.२८ को नयाँ रेकर्ड बनाएको थियो। सो रेकर्डलाई हिजो अर्थात बुधबार तोडेर २१७८.५७ को अलटाइम रेकर्ड बनाएको नेप्सेले आज पुनः सो रेकर्डलाई तोडेर २१९४.४९ विन्दुको नयाँ रेकर्ड बनाएको हो। साताभरिको नेप्सेको गति हेर्दा शेयरबजार अझै केहिदिन बुलिस हुने विश्लेषकहरुको भनाइ रहेको छ । अझै बलिया बैंकहरुको शेयर मूल्य न्यून देखिएकोले अझै केहिदिन नेप्से बुलिस हुनेमा दुइमत छैन ।

बिहीबार बजारमा २०८ कम्पनीको ५० हजार ९३३ पटकको कारोबारमा ५ अर्ब ८७ करोड ४७ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड १७ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यो कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ४५ करोड रुपैयाँ बढी हो। बुधबार बजारमा ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।

यस दिन कारोबारमा आएका ५ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मल्टीपपर्स फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, आइएमई जनरल इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ। अन्य उपसमूहको परिसूचक बाहेकका उपसूचक बढे ।

कारोबार रकमका आधारमा यस दिन प्रभु बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३१ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस