Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशविहे गर्छु भन्दै फकाएर लगेपछि बलात्कार

विहे गर्छु भन्दै फकाएर लगेपछि बलात्कार


स्याङ्जा, २३ पुस । १७ वर्षीया किशोरीलाई “विवाह गर्छु” भन्दै फकाएर लगेपछि बलात्कार गरेको एक युवकमाथि आरोप लागेको छ।

बलात्कार गरेको आरोप लागेका १९ वर्षीय किशोर आशिष थापा पक्राउ परेका छन्। जिल्लाको भिरकोट नगरपालिका वडा नम्बर ५ घर भएका उनी सोही नगरपालिका–६ को एक्वारमा बस्दै आएका थिए।

गत शनिबार राति “बिहे गर्छु” भन्दै ती किशोरीलाई फकाएर लगेपछि थापाले बलात्कार गरेको किशोरीपक्षले दिएको उजुरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।

पक्राउपछि उनीविरुद्ध जबर्जस्ती करणी ९बलात्कार० सम्बन्धीको कसूरमा प्रहरीले मुद्दा दर्ता गरेको छ। थप अनुसन्धानको लागि जिल्ला अदालत स्याङजाबाट पाँच दिनको म्याद थप अनुमति लिएको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #balatkar


तपाईको प्रतिक्रिया दिनुहोस