Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशघुस लिँदालिँदै इन्जिनियर पक्राउ

घुस लिँदालिँदै इन्जिनियर पक्राउ


तनहुँ, २२ पुस । सेवाग्राहीसँग घुस रकम लिँदा लिँदै तनहुँका एक जना कर्मचारी बुधबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेमा राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको आयोजना कार्यान्वयन एकाई (शिक्षा) का इन्जिनियर सुरेन्द्र अधिकारी हुन् । सदरमुकाम दमौली, मालपोत लाईन स्थित भिरकोट रेष्टुरेन्टबाट सेवाग्राहीसँग डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय पोखराको टोलीले प्रकाउ गरेको हो ।

भानु नगरपालिका–५ मैबलको सरस्वती माध्यमिक विद्यालयमा १४ लाख ६९ हजारमा निर्माण गरिएको शौचालयको योजना अनुगमन पश्चात काम सम्पन्नको विवरण दिन अधिकारीले घुस मागेको अख्तियारले जनाएको छ । घुस मागेपछि प्रहरी नायव उपरीक्षक दीपेन्द्र पंजियार थारुको नेतृत्वमा आएको टोलीले अधिकारीलाई पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता मेघनाथ रिजालले ‘काम पुरा पनि निर्माण पुरा भएको कागजपत्रको घुस रकम मागेको सूचना आएकाले टोली खटाएको जानकारी दिए । घुस रकम लिएपछि हातमा दाग लागेको र शङ्का मानी इन्जिनियर अधिकारीले सडकमा पैसा फ्याँकेको प्रत्यक्षदर्शी दिपक श्रेष्ठ जानकारी दिए ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #ghus, #tanahu


तपाईको प्रतिक्रिया दिनुहोस