Techie IT
×
गृहपृष्ठसमाचारसानको पुर्वाञ्चल संयोजकमा खनाल

सानको पुर्वाञ्चल संयोजकमा खनाल


काठमाडौं, २३ पुस । सर्जिकल सप्लायर्स एसोसिएसन (सान) को पुर्वाञ्चल संयोजकमा खनाल सर्जिकल बिराटनगरका रितेश खनाल निर्वाचित भएका छन्।केन्द्रीय अध्यक्ष रमण कायस्थको उपस्थितिमा सम्पन्न बिराटनगरका सर्जिकल सामाग्रीको व्यवसाय गर्दै आएका व्यक्तिहरुले खनाललाई संयोजकमा निर्वाचित गरेका हुन् ।

(सान) का केन्द्रीय अध्यक्ष तथा क्लासिक सर्जिकलका सञ्चालक रमण कायस्थका अनुसार अब सानको देशब्यापी सङ्गठन बिस्तार हुने छ । सर्जिकल व्यवसाय गर्नेको हकहितका लागि खुलेको यो सङ्गठनले निकट भबिस्मै जनकपु र वीरगञ्जमा सङ्गठन निर्माण गर्दैछ।

नारायणगढ, पोखरा, बुटवल, नेपालगन्जमा पनि छिट्टै सङ्गठन निर्माण गर्ने कार्ययोजना रहेको छ। उक्त कार्यक्रममा सानका केन्द्रीय पदाधिकारी हरि रञ्जितकार, सुदन पराजुली , जीवन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस