Techie IT
×
गृहपृष्ठराजनीतिट्रम्प समर्थकद्वारा संसद भवन कब्जा लिँदा भएको दङ्गामा चारको मृत्यु दर्जनौ पक्राउ

ट्रम्प समर्थकद्वारा संसद भवन कब्जा लिँदा भएको दङ्गामा चारको मृत्यु दर्जनौ पक्राउ


काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरूले संसद भवन क्यापिटोल कब्जा लिने कार्यबाट उत्पन्न हिंसात्मक दङ्गाका क्रममा चार जनाको मृत्यु भइसकेको छ भने ४५ जनालाई पक्राउ गरिएको फोब्र्सले जनाएको ।

जनवरी ६मा अमेरिकी संसदमा इलेक्टोरल कलेजका मत गणनालाई प्रमाणिकता दिने कार्यलाई बिथोल्न ट्रम्पका समर्थकहरूले अमेरिकी संसद भवन कब्जामा लिएका थिए ।

वासिंटन डिसीका अधिकारीहरूले तीन जना क्यापिटल छेउछाउ मृत्यु भएको जनाएका छन । उनीहरूलाई आवश्यक हुने चिकित्सा सेवा समयमा उपलब्ध नभएपछि मृत्यु भएको हो । अर्को एक महिला स्यान डिएगोमा गोली लागी मृत्यु भएको छ ।

ट्रम्प समर्थकहरूले बलजफ्ती संसद भवन प्रवेश गर्ने प्रयास गरेका थिए । डिसीका मेयर मुरियल बोसर लगाइएको कफ्र्यु उल्लंघन गर्ने ३० जनालाई पक्राउ गरिएको जनाएका छन । १५ जनालाई अन्य हातहतियार राखेका लगायत प्रदर्शनसम्बन्धी अभियोगमा पक्राउ गरिएको हो ।

जनवरी २० पछि बहिरिन लागेका राष्ट्रपति ट्रम्पका समर्थकले यस्तो हर्कत गरेका हुन । यो घटनामा अमेरिकाका प्रहरीहरूको चौतर्फी आलोचना भइरहेको छ ।


क्याटेगोरी : राजनीति, समाचार, संसद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस