Techie IT
×
गृहपृष्ठराजनीतिपूर्व सभामुख सुवास नेम्वाङको सैद्धान्तिक निष्ठा प्रचण्ड नेपाल समूह तिर शरीर ओली तिर

पूर्व सभामुख सुवास नेम्वाङको सैद्धान्तिक निष्ठा प्रचण्ड नेपाल समूह तिर शरीर ओली तिर


काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा सहमति जनाएका नेकपा संसदीय दलका उपनेता तथा पूर्व सभामुख अध्यक्ष सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसला पछि के बोल्ने उत्सुकता बढेको छ ।

यसो हुनुमा उनको दुई वर्ष पुरानो अभिव्यक्ति सार्वजनिक सञ्जलमा भाइरल भइरहेका छन । उनले त्यतिखेर प्रधानमन्त्रीको चाहनामा यो संसद विघटन नहुने बताएको त्यो अभिव्यक्ति भाइरल भइरहेको छ ।

उनले अहिले नबोल्नु सैद्धान्तिक मान्यता कारण भएर नबोलेको बताएका छन । तर उनले यो बोलेर थप स्वाङ गरिरहेका छन । उनले बुझेको संविधान र न्यायको सिद्धान्त अवस्था र पात्र अनुसार फरक हुने हो र ?

सर्वोच्च अदालतले फैसला ओलीको पक्षमा दिए र संसद विघटन हुने भयो भने उनले आफैंले राष्ट्रपतिबाट घोषणा गर्न लगाएको संविधानको बारेमा गलत बुझेको रहेछु भन्ने सिद्धान्त बनाउने हुन ? नेकपाका एक नेताले बताए ।

हैन भने उनले नबोल्नुको पछाडि विभाजित भइसकेको पार्टी एक ढिक्का ल्याउन भइरहेको बामदेव प्रयासलाई बल पु¥याउन मौन बसेका हुन । तर यसो हो भने पनि नेम्वाङको मान्यता समय र पात्र अनुसार बदलिने प्रमाणित हुनेछ । होइन भने उनको सैद्धान्तिक मान्यता प्रचण्ड नेपाल समूहको साथ छ । शरीर ओलीको साथमा छ । उनले भने ।


क्याटेगोरी : राजनीति, समाचार, संसद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस