Techie IT
×
गृहपृष्ठराजनीतिओली हैकम अगाडि निहुरेको निर्वाचन आयोगलाई ‘जे मन लाग्छ गर’ भन्ने खालको जवाफ

ओली हैकम अगाडि निहुरेको निर्वाचन आयोगलाई ‘जे मन लाग्छ गर’ भन्ने खालको जवाफ


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीका अगाडि निहुरिएर प्रस्तत भइ सत्तारूढ दल नेकपाको स्पस्ट देखिने बहुमत सदस्यहरूको समूहलाई पार्टीको नाम र चुनाव चिन्ह सूर्य दाबी गर्न प्रमाणसहित आउन भनेको जवाफमा सो दलले ‘जे मन लाग्छ गर’ भन्ने खालको जवाफ पठाएको छ ।

नेकपाको प्रचण्ड नेपाल समूहले निर्वाचन आयोगलाई उसले भनेसरी जवाफमा माग दाबी प्रस्तुत गरेको छैनन ।
निर्वाचन आयोगले सो समूहलाई दाबी प्रस्तुत गर्न सात दिनको समय दिएको थियो ।

निर्वाचन आयोगले प्रधानमन्त्री ओली समूहलाई यसको जानकारी दिएको पत्र पठाएको थियो । सो समूहलाई पार्टी र चुनाव चिन्हमा माग दाबी गर्न सहितको पत्र पठाएको थिएन । विवाद निरूपण गर्ने सामान्य व्यवहारको प्रदर्शन नगर्नु तिनका आयुक्त र पदाधिकारीहरू पहिले नै प्रधानमन्त्री ओली समक्ष संवैधानिक हैसियत बिर्सेर निहुरिसकेको स्पस्ट देखिएको प्रचण्ड नेपाल समूहका नेताहरूको बुझाइ रहेको छ । एक नेताका अनुसार निर्वाचन आयोगले पार्टी र चुनाव चिन्हमाथिको दाबी गर्न दुबै पक्षलाई बोलाउनुपर्नेमा एक समूहलाई मात्र बोलाउनु भनेको त्यो पक्षलाई होच्याउन गरिएको व्यवहार देखिएको हो ।

पुस १७ गते आयोगद्वारा प्रचण्डलाई पठाइएको सातदिने म्यादसहितको पत्रमा “ विवाद निरुपणमा दाबीसहित सम्बन्धित पक्ष आएको अवस्थामा मात्र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को परिच्छेद ९ वमोजिम आयोगले कारवाही गर्न सक्ने हुँदा सोको जानकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गराई आयोगद्वारा प्रक्रिया प्रारम्भ गर्ने सम्बन्धमा ७ (सात) दिनभित्र आयोगलाई जवाफ उपलब्ध गराई सहयोग पु¥याई दिन अनुरोध गर्ने निर्णय भएको व्यहोरा अनुरोध छ ।”

आयोगले यस्तो पत्र पठाउन नहुने प्रचण्ड नेपाल समूहको भनाइ रहेको छ ।

प्रचण्ड–नेपाल समूहको जवाफमा “यस दलको एक अध्यक्ष परिवर्तनबाहेक पार्टी एकताबाट घोषित विवरणहरु यस आयोगमा रहेको यस दलको दल दर्ता किताबमा सबै विवरणअहरु यथावतै कायम रहेकाले कुनै दाबी प्रस्तुत गर्नुपर्ने अवस्था र स्थिति विद्यमान नरहेको व्यहोरासमेत जानकारी गराउँदछौं ।”

सो समूहद्वारा आयोगलाई लेखि पठाइएको जवाफमा “यस पार्टीले त्यस आयोगलाई दिएको उल्लेखित सबै विधिवत पूर्वजानकारी पत्रानुसार यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई यस पार्टीको तेस्रो पूर्ण बैठकको निर्णय अनुसार अनुशासन उल्लंघनमा कारवाही गरी अध्यक्ष पदबाट हटाई सो पदमा पार्टीको बरिष्ठ नेता माधव कुमार नेपाललाई अध्यक्ष पदमा चयन गरेको हुँदा पदाधिकारी हेरफेर व्यहोरा राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २५ अन्तर्गत पदाधिकारी हेरफेर भएको व्यहोरा जनाई दल दर्ता कितावमा अभिलेख राखी अध्यावधिक गरिदिनु हुन सादर अनुरोध गर्दछौं ।”

नेकपाको वैधानिकताबारे प्रचण्ड–नेपाल समूहले केन्द्रीय कमिटीको बहुमतको निर्णयलाई आधार मानेको छ । एमाले र माओवादी केन्द्र बीच एकीकरण गरी आयोगमा बुझाएको कागजातमा उल्लेख भएको ४४१ केन्द्रीय सदस्य मध्ये २८७ जनाको हस्ताक्षर अर्थात् ६५.१३ प्रतिशत आफूतिर दाबी गरेको छ ।

निर्वाचन आयोगका अधिकारीहरूले प्रचण्ड–नेपाल समूहले यसअघि नै आयोगलाई पठाएको पत्रमा सूर्यचिन्ह, नाम र झण्डा आफ्नो भएको दाबी प्रस्तुत गरेको तर्कको जवाफमा सो समूहका नेताहरूले अरु कसैले सूर्यचिन्ह, नेकपाको नाम र झण्डामाथि दाबी गर्न आएमा उनीहरुलाई नदिनू भनेर आयोगलाई सचेत मात्र गराइएको बताउने गरेका छन ।

ओली समूह भने निर्वाचन आयोगको पछिल्लो निर्णयबाट सशंकित बनेको छ । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २३ को उपनियम ६ खारेज गरेको छ । निर्वाचन अवधि सुरु भएपछि विवाद समाधान गर्न नपाइने प्रावधान हटेपछि ओलीसमूह सशंकित बनेको हो ।

ओली समूहले निर्वाचन आयोगलाई चाँडो निर्वाचन कार्यक्रम घोषणा गर्न दबाव दिइरहेको भएपनि सर्वोच्च अदालतले निर्वाचनको सुनिश्चितता नगरेसम्म निर्वाचन कार्यक्रम प्रकाशित नगर्ने आयोगले अडान लिएको हो ।
ओलीको हैकम अगाडि निहुरिएको निर्वाचन आयोगले ओली पक्षलाई विश्वास दिलाउन भए पनि आयोगले निर्वाचनसम्बन्धी झिना मसिना कार्य अगाडि बढाइरहेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस