Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियक्यापिटोल कब्जा लिने ट्रम्प समर्थकहरू निकालिए पछि संसदीय कारबाही शुरू

क्यापिटोल कब्जा लिने ट्रम्प समर्थकहरू निकालिए पछि संसदीय कारबाही शुरू


काठमााडै । अमेरिकी सांसदहरूले सन् २०२०मा सम्पन्न इलेक्ट्रोरल कलेजका मत गणना कार्य सशस्त्र सुरक्षाकर्मीहरूको ठूलो घेरा बनाइ फेरि शुरू गरेका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले मत गणनास्थल क्यापिटोललाई घन्टौं कब्जामा लिएकाले फेरि उनीहरू मत गणनाका लागि जम्मा भएका हुन ।

अमेरिकाको तल्लो सदन प्रतिनिधि सभा र माथिल्लो सदन सिनेटले संयुक्तरूपमा ती मतहरूको प्रमाणिकता दिन फेरि कार्यवाही शुरू गरेको हो ।

ट्रम्प समर्थकहरू यो ठाउँमा प्रवेश गरी घन्टौ कब्जामा लिएपछि उनीहरूलाई कानुन व्यस्था बनाउने निकायले बाहिर निकालेपछि फेरि मत प्रमाणीकरण कार्य वरिपरि ठूलो संख्यामा सशस्त्र सुरक्षाकर्मीको घेरा बनाइ फेरि शुरू भएको हो ।

अमेरिकाको संसदभवन क्यापिटोल यसरी कब्जा गर्ने कार्य सन १८१२को युद्धयता पहिलो पटक भएको इतिहासकारहरूले बताएका छन ।

भाइस एडमिरल सर एलेग्जन्डर ककबर्न र मेजर जनरल रोबर्ट रोसको नेतृत्वमा रहेको बेलायती सेनाले क्यापिटोलको निर्माधीन संरचनामा आगो लगाइदिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पाई उपराष्ट्रपति माइक पेन्सले इलेक्ट्रोरल कलेजका मत गणना रोक्न नसक्ने बताएपछि दुबै पक्षको भिडन्त केही कमजोर भएको हो । ट्रम्पकै आह्वानमा क्यापिटोल बाहिर उनका समर्थकहरू सल्बलाइरहेका थिए । ती मध्ये सयौं क्यापिटल भित्र छिरेर सिनेटहरू बसी इलेक्ट्रोरल मत गणना गर्ने ठाउँ कब्जामा लिएका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार, संसद
ट्याग : #breaking, #hot


तपाईको प्रतिक्रिया दिनुहोस