Techie IT
×
गृहपृष्ठराजनीतिओली समूहका पुराना किन भन्छन“प्रदेशसभा पनि विघटन गरिदिए हुने ”

ओली समूहका पुराना किन भन्छन“प्रदेशसभा पनि विघटन गरिदिए हुने ”


काठमाडौ । ओली समूहका पुराना नेताहरूले प्रदेश सभा पनि तत्कालै विघटन गरिदिए राम्रो हुने बताउन थालेका छन ।
मन्त्री पद बाँडेर माओवादीका केही अनुहारलाई देखाएर आफ्नो राजनीतिलाई अगाडि बढाउन सक्छु भन्ने सोचेर पार्टी विभाजन गराउने निर्णणमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला निर्णयहरूले प्रत्युत्पादक हुन थालेको छ ।
पुराना एमालेका नेताहरूले माओवादीलाई ओलीले हुनुपर्ने भाउ भन्दा बढी वजन दिएकाले तलदेखि माथिसम्मको पार्टी पंक्तिमा चर्चा प्रवाह गर्न थालेका छन ।

ती मध्ये कतिपयले ओलीले प्रदेश सभा विघटन गरिदिए हुने बताउन थालेका छन ।

उपप्रधानमन्त्री ईश्वार पोखरेल र अर्थमन्त्री विष्णु पौडेल निकट पुराना नेताहरूले यस्तो भन्न थालेका छन ।

एमालेका पुराना यी दुई नेतामाथि माओवादीका पूर्व नेताहरूको वजनले थिचिदिएपछि विद्यमान अवस्थामा हेरफेर ल्याउन प्रदेश सभा विघिटन गरिदिए अहिले भड्केको आन्दोलनमा थप पेट्रोल खनिने उनीहरूको बुझाइ छ ।

ओलीले पोखरेल भन्दा माथि गृहमन्त्री रामबहादुर थापालाई राख्ने र विष्णु पौडेल भन्दा माथि टोपबहादुर रायमाझीलाई राख्ने देखिएपछि यी पक्षका पुराना नेताहरूले यस्तो डढेलो पार्टी भित्र लगाउन थालेका छन ।

पोखरेल त्यसै भने विष्णु पौडेललाई महासचिव बनाइ दिएपछि दिक्क मानेका थिए । तर पोखरेल भने पार्टी भित्र त्यतिको विश्वस्त नेताको रूपमा नभएकाले ओलीले जसरी थिचेपनि मान्दै आएका थिए । बादलको अगाडि उपप्रधानमन्त्रीको पदवी जोडिएपछि पोखरेलको वरियता त्यसै पनि बादलको भन्दा तल हुनेछ ।

भारतीय सेनापति आउँदा पोखरेल पजनीमा परेका थिए भने बादल यथा अवस्थामा रहेका थिए । पार्टीमा दोस्रो वरियताका नेता भइसकेका बादल भन्दा पोखरेल तल बस्नुपर्ने छ ।

नेकपा विभाजित हुँदा केन्द्रीय समितिमा पूर्वएमाले पृष्ठभूमिका ५५ प्रतिशत केन्द्रीय सदस्य प्रचण्ड–नेपाल समूहमा जाने चाल पाएपछि प्रधानमन्त्री ओलीले पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूसँग हिमचिम बढाउन थालेका थिए । नेकपाको एकता हुनुपर्ने बताइरहेका सबै नेताहरू प्रचण्ड नेपाल समूहतर्फ गएपछि हातलागी पूर्व माओवादीका नेताहरूलाई मन्त्री बनाएर अनुहार भर जोगाउन ओली सफल भएका हुन ।तर पूर्व माओवादी पृष्ठभूमिका नेताहरूसँग आफू बाहेक दोस्रो व्यक्ति पीए हुनसम्म लायकका बाँकी रहेका छैनन ।

पूर्वमाओवादीका २०१ जना केन्द्रीय सदस्यमध्ये रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी, दावा लामा र एमएस थापा गरी ८ जना नेता मात्र ओली खेमाका शोभा बनेका छन ।

यी आठ जना मध्ये ७ जना त ओलीको क्याबिनेटमै मन्त्री छन ।

यी सबै सिपाही बिनाको जरनल जस्तै ओली समूहमा थन्किएकोमा पुराना एमाले गणहरूबाट ओलीकै आलोचना हुन थालेको छ ।

ओलीले संसद विघटन गर्ने बेला आफूहरूलाई जानकारी नदिएकोमा पनि उनीहरूको चित्त दुखेको उनका निकटहरूले बताउन थालेका छन ।

आदलतबाट संसद विघटन सदर नहुने चिन्ता उनीहरूमा रहेको छ । आठौं आश्चर्यको रूपमा अदालतको फैसला ओलीलाई प्राप्त भएपनि त्यसको विरोधको वेगले फाइदा हुन नसक्ने उनीहरूको बुझाइ छ ।

अर्कोतर्फ ओलीले ११९९ जनाको केन्द्रीय समितिमा पनि पार्टीमा योगदान दिएकाभन्दा पनि बार्गेनिङ गर्ने नेताहरू समावेश भएकाले पुरानाहरूमा थप असन्तुष्टि बढाएको हो ।

यस्तो अवस्थामा पुरानाहरू वाक्क दिक्क भइसकेका छन । उनीहरूले एकतर्फ गलतको साथ दिनुपरेको छ । लोकतान्त्रिक प्रक्रिया विरूद्ध उभिन परेको छ । त्यसमा पनि योगदानको कदर नगरिएकोले आक्रोश बढेको छ । यस्तोमा प्रदेश सभा विघटन गरिए प्रदेशहरूमा थप आन्दोलन चर्किनेछ । त्यसमा आफ्नो भूमिका खोजेर आन्दोलनमा सहभागी हुन सक्ने वातावरण बन्न सक्नेछ ।


क्याटेगोरी : राजनीति, समाचार, संसद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार