Techie IT
×
गृहपृष्ठसमाचारसुदूरपश्चिमका ओलीपक्षीय मन्त्री झपटबहादुर बोहराले दिए राजीनामा

सुदूरपश्चिमका ओलीपक्षीय मन्त्री झपटबहादुर बोहराले दिए राजीनामा


सुुदूरपश्चिम, २२ पुस । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज आफ्नो पदबाट राजीनामा दिएका छन् ।

मन्त्रालयमा आज अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन् ।
विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले स्पष्ट पारे । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय मानिन्छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #jhapat bohora, #nekapa


तपाईको प्रतिक्रिया दिनुहोस