Techie IT
×
गृहपृष्ठराजनीतिसुनुवाईमा बस्न नहुने अधिवक्ताले प्रश्न उठाएपछि न्यायाधीश कार्कीले गरे नबस्ने घोषणा

सुनुवाईमा बस्न नहुने अधिवक्ताले प्रश्न उठाएपछि न्यायाधीश कार्कीले गरे नबस्ने घोषणा


काठमाडौ । प्रतिनिधि सभा विघटनको सुनुवाइमा सामेल न्यायाधीश हरिकृष्ण कार्कीप्रति वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रश्न उठाए पछि न्यायाधीश कार्कीले सो सुनुवाईमा नबस्ने घोषणा गरेका छन ।

प्रधानन्यायाधिशसहित पाँच न्यायाधीशको संवैधानिक ईजलासमा कार्कीप्रति त्रिपाठीले महान्याधिवक्ता भएको व्यक्ति इजलासमा बसेको प्रति आपत्ति जनाए ।

बहस गर्न र निर्णय सुन्न आपत्ति छैन। तपाईंको क्षमतामाथि पनि प्रश्न छैन। पाँच जनाले मात्र निर्णय गर्नुभन्दा पूर्ण इजलासमा लैजाऔं भन्दै संवैधानिक इजलासको बहसमा गरिरहेका बेला त्रिपाठीले भने “हामीले देखेको कुरा यही हो । हिजो महान्यायाधिवक्ता भएको मानिस इजलासमा बस्नुभएको छ । हिजो केपी ओलीको महान्यायाधिवक्ता हुँदै हरिकृष्ण कार्की न्यायाधीश हुनुभएको हो । ”

कार्कीको विषयमा अन्यत्र पनि विभिन्न प्रश्न उठेको जनाउँदै त्रिपाठीले भारतमा समेत यस्तै विषयमा लामो बहस गरेको बताए ।

त्यसक्रममा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले यो विषय आफूमाथि समेत लागू भएको भन्दै त्रिपाठीको प्रश्नमाथि प्रश्न गरेका थिए । प्रधानन्यायाधीश राणाले भने “ संवैधानिक इजलासमा स्वार्थ बाझिए पनि बस्ने चलन छ। केपी ओलीले नियुक्त गरेको म प्रधानन्यायाधीश हुँ। मेरो हकमा पनि लागू होला नि?”


क्याटेगोरी : राजनीति, समाचार, संसद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस