Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियजर्जिया सिनेटमा बाइडन पार्टीका वारनक जित नजिक

जर्जिया सिनेटमा बाइडन पार्टीका वारनक जित नजिक


काठमाडौ । अमेरिकाको जोर्जिया प्रान्तबाट सिनेटको दुई स्थानका लागि भएको पुननिर्वाचनबाट निर्वाचित राष्ट्रपति जो बाइडनको पार्टीका उम्मेदवार राफेल वारनक कडा प्रतिस्पर्धाबीच चुनाव जित्ने भएको अमेरिकी सञ्चार माध्यमहरूले अनुमान लगाएका छन ।

९८ प्रतिशत मत गणना भइसकेको अवस्थामा सार्वजनिक भएको मत गणनाका आधारमा यो निर्वाचन मतगणना परिणाम वारनकको पक्षमा जाने देखिएको हो ।

यो निर्वाचन परिणामबाट बाहिरिन लागेका राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि अर्को धक्का लागेको छ

नोभेम्बरमा सम्पन्न भएको निर्वाचनको क्रममा कुनै पनि उम्मेदवारले जितका लागि चाहिने आवश्यक ५० प्रतिशत मत नपाएपछि जोर्जियाका दुई स्थानमा फेरि चुनाव भएको थियो ।

यो चुनाव परिणाम वारनकको पक्षमा आए जोर्जियाबाट पहिलो अश्वेत सिनेटरको जित हुने छ ।

जित हुने दाबी गर्दै वारनकले यो जितको आमालाई समर्पित गरेका छन । सिनेटमा पूर्ण नियन्त्रण कायम गर्न बाइडनलाई जोर्जियाको दुबै सिट जित्नुपर्ने आवश्यकता छ । तर रिपब्लिकनलाई दुई मध्ये एउटा सिट जिते पुग्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस