Techie IT
×
गृहपृष्ठराजनीतित्रिभुवनले नेहरूलाई नेपाल भारतीय प्रान्त बनाउन भनेको भारतका पूर्वराष्ट्रपति मुखर्जीको खुलासा

त्रिभुवनले नेहरूलाई नेपाल भारतीय प्रान्त बनाउन भनेको भारतका पूर्वराष्ट्रपति मुखर्जीको खुलासा


काठमाडौ । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीले राजा त्रिभुवनले भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू समक्ष नेपाललाई भारतको प्रान्त बनाउन प्रस्ताव गरेको खुलासा गरेका छन ।

पूर्व राष्ट्रपति मुखर्जी लिखित पुस्तकमा यो खुलासा गरिएको हो ।

किताबमा भारतका तत्कालीन प्रधानमन्त्री नेहरूले तत्कालीन राजा त्रिभुवनद्वारा गरिएको सो प्रस्ताव अस्वीकार गरेका थिए ।
चौपाल डटकमले छापेको यो समाचारमा भनिएको छ “रोटी बेटीको सम्बन्ध भएको छिमेकी देश नेपाल भारतको हिस्सा नहुनुमा प्रधानमन्त्री नेहरूको बुझाइको कमजारी रहेको देखिन्छ ।”

निधन हुन अघि मुखर्जीले लेखेको द प्रेसिडेन्सियल इयर्समा यो खुलास गरेका हुन ।

पुस्तकको ११औं च्याप्टरमा ‘ माइ प्राइम मिनिस्टर, डिफरेन्ट स्टाइल्स, डिफरेन्ट टेम्परामेन्ट्स’ शीर्षक अन्तर्गत यो खुलासा गरिएको छ ।

सो च्याप्टरमा नेपालमा राणाशाही पछि राजा त्रिभुवन वीर विक्रम शाहले नेहरूसमक्ष नेपाललाई भारतको एक प्रान्त बनाउन प्रस्ताव गरेको र त्यतिखेर प्रधानमन्त्रीले यो प्रस्ताव अस्वीकार गरेको उल्लेख छ ।

नेहरूले नेपाललाई स्क स्वतन्त्र राष्ट्र नै रहन दिने विचार गरेका थिए । तर नेहरूका अतिरिक्त प्रधानमन्त्री इन्दिरा गान्धी भएको भए त्रिभुवनको यो प्रस्तावलाई उम्किन नदिने उनले उल्लेख गरेका छन ।

पुस्तकमा कतिपय कांग्रेस नेताले मुखर्जी प्रधानमन्त्री भएको भए सन् २०१४को निर्वाचनमा कांग्रेसले ठूलो पराजयको सामना गर्न पर्ने भनाइसँग मुखर्जी भने सहमत नरहेको उल्लेख गरिएको छ । मुखर्जीले आफू राष्ट्रपति बनेपछि कांग्रेका नेताहरूले राजनीतिक दृष्टिकोण गुमाएको उल्लेख गरेका छन ।

भारतका पूर्व राष्ट्रपति मुखर्जी भारतको कांग्रेसको केन्द्रमा रहेर लामो समय राजनीति गरेका नेताको रूपमा चिनिएका व्यक्त थिए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस