Techie IT
×
गृहपृष्ठराजनीतिसंसद विघटनको धारा खोज्दै अनेरास्ववियुको लालटिन जुलुस

संसद विघटनको धारा खोज्दै अनेरास्ववियुको लालटिन जुलुस


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन असंवैधानिक कदमको विरोधमा संसद विघटनको धारा खोज्दै अनेरास्ववियुले लालिटन जुलुश निकालेको छ ।

अनेरास्ववियुले काठमाडौंमा निकालेको लालटिन जुलुसमा पूर्वमन्त्री योगेश भट्टराई, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङलगायत विद्यार्थी नेताहरूको सहभागीता रहयो ।

“दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन” लेखिएको कालो ब्यानरसहित प्रचण्ड–माधव नेपाल समूहमा रहेका अनेरास्ववियु नेता–कार्यकर्ताहरूले लालटिन जुलुस निकालेका हुन ।

जुलुशमा सहभागीहरूले “दिउँसै लालटिन बाल्यौं है, संसद विघटनको धारा खै ” र “हामी अरू जान्दैनौं, प्रतिनिधिसभा विघटन मान्दैनौ” भन्ने नारा लगाएका थिए ।


क्याटेगोरी : राजनीति, समाचार, संसद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस