Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियसन् २०२१मा वैश्विक अर्थतन्त्र भन्दा चिनियाँ अर्थतन्त्र झण्डै दोब्बर दरले विस्तार हुने

सन् २०२१मा वैश्विक अर्थतन्त्र भन्दा चिनियाँ अर्थतन्त्र झण्डै दोब्बर दरले विस्तार हुने


काठमाडौ । सन् २०२१म वैश्विक अर्थतन्त्र भन्दा चिनियाँ अर्थतन्त्र झण्डै दोब्बरले विस्तार हुने विश्व वैंकले अपेक्षा गरेको छ ।

कोभिड–१९कोखोप विश्वभर पुग्न शुरू भइसकेको अवस्थामा ध्यान दिँदै विश्व बैंकले विश्वको अर्थतन्त्र ४ प्रतिशतले विस्तार हुँदा चीनको अर्थतन्त्र ७.९ प्रतिशतले विस्तार हुने जनाएको छ ।

कोरोनाभाइरस वैश्विक महामारीले सन् २०२०मा विश्वभर आर्थिक गतिविधि ध्वस्त भयो । यसबाट विश्वका अर्थतन्त्र खुम्चिएर गयो । चीनले कोरोनामहामारीलाई नियन्त्रणमा लिएर आफ्नो आर्थिक गतिविधिलाई सही बाटोमा ल्याउन भरमग्दुर प्रयास ग-यो ।

विश्वका अन्य उन्नत अर्थतन्त्रहरूमा कोरोनाको असर खराब प¥यो ।उदीयमान अर्थतन्त्रहरूमा र चीन सहितको विकासशील देशहरूमा सन् २०२१मा पाँच प्रतिशत बृद्धि हुने अपेक्षा गरिएको छ ।

सन् २०२०मा यो क्षेत्र २.६ प्रतिशतले खुम्चेको थियो । चीनको अर्थतन्त्र यो वर्ष ७.९ प्रतिशतले विस्तार हुने अपेक्षा छ । विश्व बैंकका अनुसार गत वर्ष चीनको अर्थतन्त्र २ प्रतिशतले बढेको थियो ।

विश्वको अर्थतन्त्र यसअघि गरिएको ५.२ प्रतिशतको पूर्वानुमान भन्दा कम ४.९ प्रतिशतमा झर्ने भएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, राजनीति, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस