Techie IT
×
गृहपृष्ठबिचारगणतन्त्रविरुद्ध ओलीपथ

गणतन्त्रविरुद्ध ओलीपथ


प्रकाठमाडौं । धानमन्त्री केपी शर्मा ओलीले गएको पुष ५ गते प्रतिनिधिसभा विघटन गरेको घटना गणतन्त्रको विरुद्ध लक्षित भएको कुरा घटनाक्रमहरुले पुष्टि गर्दै लगेको छ । राजा महेन्द्रले विसं २०१७ सालमा संसद विघटन गरेपछि ल्याएकोे निरंकुश पञ्चायत व्यवस्थाको अभीष्ट नेपाली राजनीतिले खेपी सकेको हो । महेन्द्रले गरेको ‘कु’ को शाब्दिक अर्थ थियो । यसपछि शेरबहादुर देउवाले बहुदलीय व्यवस्थामाथि ‘कु’ गर्न राजा ज्ञानेन्द्रलाई मैदान खाली गरिदिएका थिए ।

महाकाली सन्धिदेखि नै राष्ट्रघात गरेर कुख्याती कमाएका ओलीले राष्ट्रको अन्तिम घात गरेका हुन । मौसमी राष्ट्रवादको नौटंकी गरेर लोकप्रियताको बर्को ओडेर नेपाली जनतालाई यिनले जनघात गर्ने भगीरथ प्रयत्न गर्दैछन । तर,यी सबै दुस्साहसमा परिणत हुने निश्चित छ । राजा ज्ञानेन्द्र जस्तो अढाई सय वर्ष लामो राजतन्त्रको विरासत बोकेको पात्रले त चुपचाप छोडेर हिँड्नु प¥यो भने यिनको त खुट्टी हेर्दै थाहा लाग्छ । प्रजातन्त्र दरबारमा लगेर बुझाउने शेरबहादुर देउवालाइ जसरी काम सकिएपछि राजाले नै खोरमा थुनेका थिए तर उनलाई राजनीतिमा कालो दागले कहिल्यै छोडेन ।

यो ‘कु’ को पनि अर्थ लाग्यो । माओवादी जनयुद्धको पृष्ठभूमिमा ०६२/०६३ को जनान्दोलनले यो ‘कु’ लाई पनि खारेज गरिदियो । उल्लेखित ‘कु’ हरुमा देशीय सामन्तवादको प्रतिगामी हर्कत थियो । तर, ओलीले गरेको यो ‘कु’ को शाब्दिक अर्थ भने अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको षडयन्त्रको आयामसँग जोडिन पुगेको छ । र, छेपारोले रङ्ग फेरेझैं मौसमी राष्ट्रवादी हुँदै ओली वास्तविक रंगमा रंगीन आइपुगेका छन् । त्यो रंग इण्डो–पश्चिमा शक्ति केन्द्रको गुरुयोजना मुताविक भएको हो भन्ने पुष्टि हुँदै गएको छ । त्यसका पृष्ठपोषक चरित्र अभिनेता ओली हुन पुगेका छन् ।

एकपछि अर्को षडयन्त्र :

गएको केही समय अगाडि भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सम्पन्न अँध्यारो बार्तापछि घटनाक्रमहरु क्रमसः उदाङ्गिदै गएका हुन् । भारतीय प्रधानमन्त्री मोदीको सन्देश लिएर आएका गोयल र ओलीबीच संघीयता र धर्म निरपेक्षता खारेज गर्ने दुई सूत्रीय सहमति हुनासाथ योजनाहरु कार्यान्वयन हुन थालेका छन् । त्यसैबखत संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्ने निर्णय नै मन्त्री परिषदबाट पारित भएको थियो । त्यसको लगत्तै प्रदेशहरु केन्द्रीय संघ सरकारको प्रशासनिक इकाइमात्र भएको ओलीले सार्वजनिक बयानबाजी गरे । र, पुष ५ गते हठात संसद विघटन नै गरे ।

अमेरिकी रणनीतिक परियोजना एमसीसी जसरी पनि पारित गर्नु पर्ने अडान राखेका ओली, एमसीसीकै कार्यान्वयनका लागि शंकर बैरागीलाई पालो मिचेर मुख्य सचिव र डा. युवराज खतिवडालाई अमेरिकी राजदूतमा मनोनयन भइरहँदा उता नयाँ दिल्लीमा अमेरिका–भारतसम्बन्धको नयाँ गाँठो कस्सिने सम्भावना बढ्दै थियो । दिल्लीमा जसै अमेरिका र भारतबीच केही सामारिक सम्बन्धका सहमति भयो । पहिले निस्क्रिय रहेको उत्तर अटलाण्टिक सन्धि संगठन (नाटो)को दक्षिण एशियाली संस्करण ‘क्वाड’लाई सक्रिय बनाउने सहमति भयो । यो दक्षिण एशियाली नाटो ‘क्वाड’ अमेरिका, जापान, अष्ट्रेलिया र भारत सम्मिलित सैनिक गठबन्धन हो । यिनै सहमति लगत्तै भारत र अमेरिकी सैनिकहरुबीच हिन्द–प्रशान्त क्षेत्रमा सैनिक अभ्यास पनि भयो । यसअघि अमेरिकी रणनीति एमसीसीको मात्रै वकालत गर्दै आएका ओलीलाई भारत–अमेरिकाको नयाँ सम्बन्धले यो मोर्चामा काम गर्न सहज भयो । नेपालको लोकतान्त्रिक राज्य व्यवस्थालाई सेबोटेज गरेर इण्डो–पश्चिमा रणनीतिमा गएर भएपनि सत्ता जोगाउने खेतीपातीमा यतिबेला ओली लागेका हुन् । सारमा उनी इण्डो–पश्चिम (भारत–अमेरिका) का पिट्ठु पात्रमा परिणत भइसकेका छन् ।

निर्वाचनको ललिपप :

ओलीले घोषणा गरेको बैशाखको निर्वाचन कुनै हालतमा गर्नका लागि गरिएको घोषणा हैन । अदालतले प्रतिनिधिसभा पुनस्र्थापना ग¥यो भने त्यो नवौं आश्चर्य हुनेछ । अर्थात अदालतको निर्णय मृग तृष्णामात्र हो । नेपालका कुनै पनि अदालतको अधिकार क्षेत्र भन्दा परको विश्व शक्तिहरुको यो खेलोमेलो हो । प्रतिनिधिसभा व्युँताउने ‘हिम्मत’ अदालतले राख्छ भन्नु सर्वथा जायज कुरा हैन ।

बैशाखमा निर्वाचन धेरै कारणले हुन्न । सबैभन्दा पहिले यो निर्वाचन गर्नलाइ ओलीले घोषणा गरेकै होइनन् । निर्वाचन कथंकदाचित भइहाल्यो भने संविधान पटरीमा आउला । ओलीले त संविधानमाथि नै ‘कु’ गरेका हुन । आफैले ‘कु’ गरेको संविधानको निर्वाचन उनले गराउँदैनन किनकि उनले संघीयता, धर्मनिरपेक्षता, लोकतन्त्र र गणतन्त्र खारेज गर्नु पर्नेछ । अर्को यसै अवस्थामा निर्वाचनमा भागलिने कुरामा राजनैतिक दलको सहमति छैन । आमनागरिक समुदायलाइ यो निर्वाचनले छुनसम्म सकेको छैन । यो निर्वाचनमा राजनैतिक दलको कुनै मुद्दा पनि हुन्न । निर्वाचन हुन नसक्ने अन्य प्राविधिक कारण त छँदै छन् ।

ककपिटमा नेपाल :

नेपाल वर्तमान विश्व राजनीतिको केन्द्र विन्दुमा छ । छिमेकी चीनको द्रुत आर्थिक विकासलाई रोेक्न अमेरिका लागि परेको छ । चीनको महत्वाकांक्षी परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटीभ’ लाई विश्वव्यापी सेतु बनाउन लागि परेको छ । यो परियोजनाको सफलतासँगै विश्व शक्ति एक ध्रुवीयबाट बहुधु्रवीय हुनेछ । चीन महाशक्तिको रुपमा उदाउने छ । उसलाई महाशक्ति हुनबाट रोक्न चीनको कमजोर कडी तिब्बतलाई छुट्याउनु पर्नेछ । यसैकारण तिब्बतमा प्रजातन्त्र पुनस्र्थापना गर्ने नाममा अनेकन कानून अमेरिकी सिनेटले यसअघि नै पारित गरिसकेको छ । तिब्बतको बारको रुपमा बसेको नेपाल यसैकारण केन्द्रविन्दुमा छ । र, यो ककपिटमा बस्ने होडबाजी अमेरिकाले गरिरहेको छ । जसको नाम हो हिन्द–प्रशान्त रणनीति ।

यो रणनीतिको दक्षिण एशियाली नाटो सैनिक संस्करण ‘क्वाड’ हो ।त्यसैको अभिन्न अंग एमसीसी हो । जबदेखि नेपालमा एमसीसीले प्रबेश पायो त्यही दिनदेखि सार्वभौम सत्तासम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्र बाधक भयो । यही बाधा अडकाउ फुकाउ गर्नको लागि ओलीलाई तथाकथित राष्ट्रवादी रंगमा घोलेर नेपाली जनताबाट निर्वाचित गराउँदै खलनायकको भूमिका सम्पन्न गराउन इण्डो–पश्चिमा शक्ति लागि परेको छ ।

यता चिनियाँहरुले पनि नेपालको राजनैतिक व्यवस्थापनमा गम्भीर चासो देखाएका छन् । चिनियाँ राष्ट्रपति सी जिन पीङले नेपालको वर्तमान घटनालाई गम्भीरतापूर्व लिएको चीनबाट आएका भ्रमण दलको लहरले देखाउँछ । तर, चीनसँगको सन्तुलित सम्बन्धलाई समेत तोडेर ओलीले पश्चिमा धुरीसँग लहसिएको चिनियाँ समाचार संस्थालेमात्र हैन भारतीय सञ्चार माध्यमहरुले पनि उदाङ्गो पारिदिएका छन् । नेकपाको एकता र सरकारको स्थिरतालाई कायम गर्ने चीनको योजना विफल बनाइ दिएको स्वयम् भारतीय अखबारले लेखेका छन् ।

ओलीको अन्त्य :

महाकाली सन्धिदेखि नै राष्ट्रघात गरेर कुख्याती कमाएका ओलीले राष्ट्रको अन्तिम घात गरेका हुन । मौसमी राष्ट्रवादको नौटंकी गरेर लोकप्रियताको बर्को ओडेर नेपाली जनतालाई यिनले जनघात गर्ने भगीरथ प्रयत्न गर्दैछन । तर,यी सबै दुस्साहसमा परिणत हुने निश्चित छ । राजा ज्ञानेन्द्र जस्तो अढाई सय वर्ष लामो राजतन्त्रको विरासत बोकेको पात्रले त चुपचाप छोडेर हिँड्नु प¥यो भने यिनको त खुट्टी हेर्दै थाहा लाग्छ । प्रजातन्त्र दरबारमा लगेर बुझाउने शेरबहादुर देउवालाइ जसरी काम सकिएपछि राजाले नै खोरमा थुनेका थिए तर उनलाई राजनीतिमा कालो दागले कहिल्यै छोडेन । गिरिजाप्रसाद कोइरालाले ‘रेस्क्यु’ गरेर मूल कांग्रेसमा नल्याएको भए यिनी कुनै खण्डहरमा पुगिसकेका हुन्थे ।

भारतीय पूर्व प्रशासकहरु श्यामशरण, रन्जीत रे, मञ्जीवसिंह पुरीहरुको आलेखको संकेत ओली प्रवृत्तिलाई निको लाग्ने खालको छैन । पुरीले त राजावादीसँग ओलीको साँठगाँठ भएको खुलासा नै गरेका छन् । यसर्थ जनमतको विरोधमा गए विदेशी शक्तिमा पनि विभाजन आउन सक्छ । यतिबेला नेपाली जनता यो संविधानभन्दा पछाडि फर्कने कुनैपनि हर्कतको बर्खिलापमा छन् । जनता आन्दोलनको मनस्थितिमा छन् । ओलीका हुुक्के, चिलिमे र बैठकेहरुले पनि स्वार्थका लागि ओलीका उखानमा ताली पड्काएका मात्र हुन । ओलीलाइ भोलि‘रेस्क्यु’ गर्नेसम्म कोही गिरिजाप्रसादहरु आउने छैनन् । यिनी लेण्डुपेको असफल भूमिका निभाए बापत राजनैतिक इतिहासको कुडाकर्कडमा फ्याँकिने छन् ।


क्याटेगोरी : बिचार, समाचार
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)