Techie IT
×
गृहपृष्ठसमाचारप्रदेश २ को नेकपा संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाउन बैठक बस्दै

प्रदेश २ को नेकपा संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाउन बैठक बस्दै


जनकपुर, २१ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेसँगै नेकपाको बिभाजनको असर प्रदेश र जिल्ला तहसम्म पुगेको छ ।

बिभाजनको असर देखिएको प्रदेश २ मा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समुहले प्रदेश २ को संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउन आज संसदीय दलको बैठक बोलाएको छ ।

नेकपाको प्रदेश २ मा ३२ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये प्रचण्ड–नेपाल समुहमा १९ जना छन् भने ओली समुहमा ११ जना देखिएका छन् । अन्य २ जना प्रदेश सांसदहरु अझै प्रष्ट रुपमा खुल्न सकेको छैन् । यसरी हेर्दा मण्डल बिरुद्धको अविश्वास प्रस्ताबमा हस्ताक्षर गरेका १९ जना प्रदेश सांसदहरु एक ढिक्का नै रहे प्रचण्ड–नेपाल समुहको प्रदेशसभा संसदीय दलमा बहुमत पुग्ने देखिन्छ ।

संसदीय दलका नेता मण्डल प्रधानमन्त्री ओली पक्षका हुन् । नेता मण्डल बिरुद्ध अविश्वास प्रस्ताब दत्र्ता गराएको प्रचण्ड–नेपाल समुहको दिउँसो बस्ने बैठकले मण्डललाई पदबाट हटाउने नेकपाका उपनेता रामकुमार यादवको भनाई छ ।

नेकपाको प्रदेश २ मा ३२ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये प्रचण्ड–नेपाल समुहमा १९ जना छन् भने ओली समुहमा ११ जना देखिएका छन् । अन्य २ जना प्रदेश सांसदहरु अझै प्रष्ट रुपमा खुल्न सकेको छैन् । यसरी हेर्दा मण्डल बिरुद्धको अविश्वास प्रस्ताबमा हस्ताक्षर गरेका १९ जना प्रदेश सांसदहरु एक ढिक्का नै रहे प्रचण्ड–नेपाल समुहको प्रदेशसभा संसदीय दलमा बहुमत पुग्ने देखिन्छ ।
यद्यपी ओली पक्षीय नेताहरुले प्रचण्ड–नेपाल समुहको योजना सफल नहुने दाबी गर्दै आएको छ ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #nekapa, #province 2, #satya naraayan mandal


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार