Techie IT
×
गृहपृष्ठसमाचारबर्चस्व देखाउन प्रदेश २ मा ओली समुहको नयाँ हर्कत, भेलामै हस्ताक्षर संकलन

बर्चस्व देखाउन प्रदेश २ मा ओली समुहको नयाँ हर्कत, भेलामै हस्ताक्षर संकलन


जनकपुर, २१ पुस । नेकपाको केपी शर्मा ओली समुहले प्रदेश २ मा आफ्नो पक्षको बर्चस्व कायम गर्न उपप्रधानमन्त्री इश्वर पोखरेलसहित मन्त्रीहरुको टोली परिचालन गरेको छ ।

पार्टी बिभाजनको अवस्थामा प्रदेश २ मा ओली समुह कमजोर अवस्थामा देखिएपछि प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री पोखरेलसहित अर्थमन्त्री बिष्णु पौडेल, शहरी विकास मन्त्री प्रभु साह, कानुन मन्त्री लिलानाथ श्रेष्ठ र महिला बालबालिका मन्त्री जुली महतोलाई प्रदेश २ मा परिचालन गरेको हो । प्रदेश २ मा निराशाजनक अवस्थामा देखिएको आफ्नो समुहको बर्चस्व देखाउन ओली पक्षले नयाँ हर्कत अपनाएको पाइएको छ ।

कतिपयले आफ्नो समुहको बर्चस्व देखाउन हस्ताक्षर संकलन गरेको हुन सक्ने आशंका गरेका छन् भने कतिपयले निर्वाचन आयोगले प्रचण्ड–नेपाल समुहलाई दल र चुनाब चिन्ह दिएपछि नयाँ दल दर्ता गराउनु पर्ने अवस्था आउन सक्ने भएकाले त्यही प्रयोजन हस्ताक्षर संकलन गरेको हुन सक्ने आंकलन गरिरहेका छन् ।

प्रधानमन्त्रीको निर्देशनमा परिचालन भएको मन्त्रीहरुको टोलीले प्रदेश २ को जिल्लाहरुमा कार्यकर्ता भेलाको नाममा कार्यकर्ताहरुलाई जम्मा गरेर रहस्यमय ढंगबाट हस्ताक्षर समेत संकलन गर्न थालेको छ । बिभिन्न प्रलोभन देखाएर गाउँ गाउँबाट कार्यकर्ताहरुलाई भेलामा बोलाएर सादा कागजमा ओली समुहले हस्ताक्षर संकलन गरिरहेको देखिएको छ ।

सिरहाको चोहर्वामा आईतवार भएको कार्यक्रममा ओली समुहले स्वयम्सेवकहरु परिचालन गरी भेलामा सहभागि भएका सबैको हस्ताक्षर संकलन गरेको सहभागिहरुले बताएका छन् । कार्यकर्ताहरुको हस्ताक्षर कुन प्रयोजनका लागि संकलन गरिएको हो सो समुहले स्पष्ट पारेकोे छैन । कतिपयले आफ्नो समुहको बर्चस्व देखाउन हस्ताक्षर संकलन गरेको हुन सक्ने आशंका गरेका छन् भने कतिपयले निर्वाचन आयोगले प्रचण्ड–नेपाल समुहलाई दल र चुनाब चिन्ह दिएपछि नयाँ दल दर्ता गराउनु पर्ने अवस्था आउन सक्ने भएकाले त्यही प्रयोजन हस्ताक्षर संकलन गरेको हुन सक्ने आंकलन गरिरहेका छन् ।

यसअघि कुनै पनि पार्टी वा संगठनले भेला र आमसभामा कार्यकर्ताहरुको हस्ताक्षर संकलन गरेको देखिएको थिएन् । तर आईतवार नेकपा ओली समुहले भेलामै हस्ताक्षर संकलन गराएको देखेपछि धेरैले आश्चर्य मानेको थियो ।

सिरहाको चोहर्वामा भएको भेलालाई शुरुमा ओली समुहले बृहत कार्यकर्ता भेला भन्दै ठुलै शक्ति लगाएर कार्यक्रम गर्न खोजिएपनि कार्यक्रममा अपेक्षा गरिए भन्दा न्युन उपस्थिति देखिएपछि कार्यक्रमलाई अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा रुपान्तरण गरेको थियो । कार्यक्रमको सुरुवातमा उद्घोषकले नेकपाको बृहत कार्यकर्ता भेला भनेर उद्घोषण गरेका थिए तर पछि संख्या कम देखिएपछि कार्यकर्ता प्रशिक्षण कार्यक्रम भनेर सच्याएका थिए ।

निर्धारित समय भन्दा करिब २ घण्टा ढिलो गरी शुरु भएको भेलामा सम्बोधन गर्ने ओली पक्षका मन्त्री तथा नेताहरुले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल र बरिष्ठ नेता झलनाथ खनालको बिरुद्धमा तल्लो स्तर सम्मको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले चालेको कदमको बचाउ गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot, #ishwor pokhrel, #kp oli, #nekapa, #siraha


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार