Techie IT
×
गृहपृष्ठसमाचारनेपाली सेनामा २९४ सिटमा जागिर खुल्यो

नेपाली सेनामा २९४ सिटमा जागिर खुल्यो


काठमाडौं, २१ पुस २१ । नेपाली सेनाले विभिन्न ११ पदमा भर्ना खुल्ला गरेको छ। भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको हो।

लेखा जमदारका लागि दरखास्त दस्तुर तीन सय, पुजारी हुद्दा र अमलदार कर्मचारी पदका लागि दुई सय रुपैयाँ तोकिएको छ। अन्य पदमा १ सय शुल्क बुझाएर दरखास्त दिन सकिने छ। दरखास्त दिने अन्तिम मिति माघ २१ गतेसम्म तोकिएको छ।

 

 


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस