Techie IT
×
गृहपृष्ठसमाचारकञ्चनपुरमा भारतीय प्रहरीद्वारा नपाली माथि गोली प्रहार, एक जना घाइते

कञ्चनपुरमा भारतीय प्रहरीद्वारा नपाली माथि गोली प्रहार, एक जना घाइते


कञ्चनपुर, २१ पुस । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका अन्तर्गत भारतीय सीमाक्षेत्रमा गोली चल्दा एकजना नेपाली घाइते भएका छन् । सोमबार बेलुका करिब साढे ६ बजेतिर गोली चल्दा दोधारा चाँदनी नगरपालिका १ का स्थानीय नरेश सुनार घाइते भएका हुन् ।

उनको खुट्टामा गोलीको छर्रा लागेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए । उनले घाइतेको अवस्था सामान्य रहेको र सुनारलाई उपचारका लागि महाकाली अस्पतालमा ल्याइएको जानकारी दिए ।

घ​टना साँझको समयमा भए पनि घाइतेले राति ९ बजे खबर गरेपछि मात्रै त्यसबारे जानकारी पाएको उनको भनाइ छ । महतोका अनुसार गोली भारतीय भूमिमा चलेको देखिएको छ । तर भारतीय सीमा सुरक्षा बल (एसएबी) ले भने गोली चलेको घटनाप्रति अनविज्ञता जनाएको उनले बताए ।

घटनाको अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस