Techie IT
×
गृहपृष्ठराजनीतिकोरोनाले भूल सच्च्याउन अवसर दिँदा सर्वोच्च बारले इतिहास रच्ने भो

कोरोनाले भूल सच्च्याउन अवसर दिँदा सर्वोच्च बारले इतिहास रच्ने भो


काठमाडौ । कोरानाभाइरसले सर्वोच्च बार एशोसिएशनलाई एमिकस क्युरीमा महिला नपठाएर गरेको भूल सच्च्याउन अवसर दिएको छ । सर्वोच्च बारले सो भूल सच्च्याएर एमिकस क्युरीमा महिला विज्ञ गीता पाठकलाई पठाउन गरेको निर्णय ऐतिहासिक बन्न पुगेको छ ।

संवैधानिक विवादका लागि गठित एमिकस क्युरीमा पाठकको सहभागीता पहिलो महिलाको रूपमा हुने देखिएको छ ।
सर्वोच्च बार एसोसिएसनबाट गीता पाठक संग्रौला एमिकस क्युरीमा पठाउन भएको निर्णयप्रति एकले यस्तो टिप्पणी गरेका हुन ।

‘काठमान्डु स्कुल अफ ल’मा मानव अधिकार विषयको प्राध्यापन गर्ने पाठकको नाम सिफारिश गर्न अघि सर्वोच्च बारले पठाएको नामबाट खगेन्द्र अधिकारीको नाम फिर्ता लिएको हो ।

कोरोना संक्रमणका कारण अधिकारी आइसोलेसनमा बसेकाले उनको ठाउँमा “ गीता पाठकको नाम चयन भएको हो । खासमा महिला पठाउनुपर्ने विचार शुरूमा आएको भए यो नाम पहिले पनि पठाउन सकिएको हुने थियो ।” टिप्पणीकारको भनाइ छ ।

प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको भन्दै सर्वोच्चमा विचाराधीन १४ मुद्दामा राय लिन पुस १० गते सर्वोच्चको इजलासले पाँच सदस्यीय एमिकस क्युरी गठन गर्ने अदेश दिएको थियो । यसका लागि बार एसोसिएसनबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली चयन भएका छन् भने सर्वोच्च बारले पाठकसहित वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नाम सिफारिस गरेको छ ।

संविधानले उपलब्ध भएसम्म हरेक क्षेत्रमा समावेशिताको सिद्धान्त अपनाउन भनेको छ । योग्य महिला क्षमतावान भएका बेला यस्ता गतिविधिमा व्यवहारिक अभ्यास हुन नसकेपछि महिला अधिकारकर्मीहरूबाट आलोचना हुन थालेको देखिन्छ । पाठकको सहभागीताले सर्वोच्च बारलाई यो आलोचनाबाट मुक्त गर्ने भएको छ ।

सर्वोच्च बारको यो निर्णय कार्यान्वयन भए एमिकस क्युरोको नेपाली इतिहासमा गीता पाठकको सहभागीताले इतिहास कायम हुनेछ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस