Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियमेक्सिकोका राष्ट्रपतिद्वारा विकिलिक्सका संस्थापक जुलियान असान्जलाई शरण दिने प्रस्ताव

मेक्सिकोका राष्ट्रपतिद्वारा विकिलिक्सका संस्थापक जुलियान असान्जलाई शरण दिने प्रस्ताव


काठमाडौ । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडरले विकिलिक्सका संस्थापक जुलियान असान्जलाई शरणार्थीको सुरक्षा दिने प्रस्ताव गरेका छन ।

बेलायतको एक न्यायाधीशले जासुसी गरेको अभियोगमा विकिलिक्सका संस्थापक असान्जको सुपुर्दगी अमेरिकालाई गर्न अस्वीकार गरेको केही घन्टा पछि मेक्सिकोका राष्ट्रपतिले शरण दिने प्रस्ताव गरेका हुन ।

“असान्ज एक पत्रकार हुन र उनलाई एक अवसरको आवश्यकता छ , म उनलाई माफी दिने पक्षमा उभिन्छु । हाम्रो परम्परा संरक्षण हो ।” राष्ट्रपति ओब्राडरले पत्रकारहरूलाई भने ।

सोमबार बिहान न्यायाधीश भ्यानेसा बाराइस्टरले असान्जको सुपुर्दगी गर्न अस्वीकार गरेका थिए । अमेरिकामा उनका विरूद्ध अमेरिकी सरकारका कम्प्युटर ह्याक गरेर सेनाका अतिगुप्त रेकर्डहरूलाई सार्वजनिक गरेको अभियोगमा मुद्दा चलाइने छ । असान्जको मानसिक स्वास्थ्यले गर्दा उनले आत्महत्या गर्न सक्ने जोखिम बढेको न्यायाधीशले बताए ।

अमेरिकाले असान्जलाई सुपुर्दगी गराउन अपिल गरिरहेको छ । असान्जका समर्थकहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्षमा दिनका लागि प्रयास गरिरहेका छन । ट्रम्पको तर्फबाट अहिलेसम्म कुनै संकेत प्राप्त भइसकेको छैन ।

असाजन्ज गत दशकको अधिकांश समय शरणार्थीको जीवन विताएका छन । लन्डन स्थित इक्वाडरको दूतावास भित्र सन् २०१२देखि २०१९सम्म शरणार्थी भएर बसेका थिए ।

इक्वेडरमा राजनीतिक नेतृत्वमा दक्षिण पन्थी नेता लेनिन मोरेनोले सन् २०१७मा सत्ता सम्हाले लगतै असान्जले शरणार्थीका शर्तहरू उल्लंघन गरेको बताउन थालेका थिए । त्यसपछि अप्रिल २०१९मा बेलायतका प्रहरीहरूले दूतावास भित्र छिरेर असान्जलाई घिसारेर बाहिर ल्याएका थिए।

मेक्सिकोले बोलिभियामा सत्ता कब्जा गरिएका बेला पदच्युत हुन पुगेका बामपन्थी राष्ट्रपति इभो मोराल्सलाई शरण दिएको थियो ।

मेक्सिकोका राष्ट्रपति ओब्राडरले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सघाउने नेताका रूपमा देखिन्छन भने अर्कोतर्फ अमेरिकाले भने बमोजिम आफ्नो विदेश नीतिलाई अगाडि बढाइरहेको देखिएका छैनन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस