Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियइंग्ल्यान्ड र स्कटल्यान्डमा मध्य फेब्रुअरीसम्म लकडाउन

इंग्ल्यान्ड र स्कटल्यान्डमा मध्य फेब्रुअरीसम्म लकडाउन


काठमाडौ । इंग्ल्यान्ड र स्कटल्यान्डमा मध्य फेब्रुअरीसम्म नयाँ बन्दाबन्दीको घोषणा गरिएको छ ।

बेलायका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरसका कारण मध्य फेब्रुअरीसम्म मानिसहरूलाई बिना प्रयोजन अनुमति बिना घरबाट ननिस्कन, घरमै बस्न पर्ने भनेका छन ।

विद्यार्थीहरूका लागि सबै स्कूल र कलेजहरू बन्द रहने र उनीहरूले दूर शिक्षा विधिबाट सिकाइ गर्नेछन ।

कोरोनाभाइरस संक्रमितहरूको संख्यामा बृद्धि हुन थालेपछि प्रधानमन्त्री जोनसनले आउँदा दिनका लागि लकडाउन गरेका हुन ।

बेलायतमा कोरोनाभाइरस खोप दिनुपर्ने शीर्ष चार प्राथमिक समूहमा परेकाहरूलाई पहिले कोरोनाभाइरस खोप अर्को महिनाको मध्यसम्म दिइ सक्ने बताएका छन ।

सबै स्वास्थ्य केन्द्रहरूलाई ७० वर्ष सो भन्दा माथिका सबै स्थानीय बासिन्दा, स्वास्थ्य र समाजिक क्षेत्रको अग्रपंक्तिमा काम गर्नेहरू र स्वास्थ्य हेरचाहको आधारमा सबैभन्दा खतरनाक समूहमा परेकाहरूलाई मध्य फेब्रुअरीसम्म खोप दिइने छ ।

स्कटल्यान्डले यसअघि स्थानीय बासिन्दालाई घरबाट ननिस्कन एक आदेश जारी गरेको थियो । त्यस अनुसार जनवरी १८सम्म स्कूल र कलेज बन्द रहने जनाइएको थियो ।

यसको केही घन्टा पछि बेलायतका प्रधानमन्त्री जोनसनले नयाँ कोरोनाभाइरसको नयाँ संस्करण उग्ररूपमा फैलिन थालेको देखेर फेब्रुअरी मध्यसम्मका लागि नयाँ मापदण्ड सहितको लकडाउन घोषणा गरेका हुन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, राजनीति, समाचार, स्वास्थ्य
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस