Techie IT
×
गृहपृष्ठसमाचारप्रदेश २ मा प्रचण्ड–नेपाल समुह आक्रमक, ओली समुह रक्षात्मक

प्रदेश २ मा प्रचण्ड–नेपाल समुह आक्रमक, ओली समुह रक्षात्मक


जनकपुर, २० पुस । पार्टी एकता भएका बेला सुस्ताएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता कार्यकर्ताहरुको सक्रियता यतिबेला ह्वातै बढेको छ ।

पार्टी बिभाजनको अवस्थामा पुगेपछि पार्टीको दुबै पक्षका नेता कार्यकर्ताहरु आ–आफ्ना पक्षको रणनीति अनुरुप यतिबेला सक्रिय बनेका छन् । लामो समयदेखि सँगै सहयात्रा गरेका दुबै समुहका नेताहरुले अहिले आफ्नो महत्वपुर्ण समय एक अर्काको आलोचनामा खर्चिदै आएका छन् । बिभाजन पछि अंकगणितमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समुहको बर्चस्व देखिएको प्रदेश २ मा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुको दौडधुप बाक्लिदै गएको छ । नेकपाको ७० जना केन्द्रीय सदस्य रहेको प्रदेश २ मा करिब ४५ जना भन्दा बढी केन्द्रीय सदस्यहरु प्रचण्ड–नेपाल समुहमा रहेको ती समुहका एक नेताले दाबी गरेका छन् । बाँकी २५ जना मध्ये ५ जना केन्द्रीय सदस्यहरु अझै अनिर्णित रहेको र २० जना केन्द्रीय सदस्यहरु मात्र ओली समुहमा गएको ती नेताको भनाई छ ।

नेकपाको प्रदेश २ मा ३२ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये प्रचण्ड–नेपाल समुहमा १९ जना छन् भने ओली समुहमा १० जना देखिएका छन् । अन्य ३ जना प्रदेश सांसदहरु अझै प्रष्ट रुपमा खुल्न नसकेको नेताहरुले बताएको छ । यसरी प्रदेश २ मा प्रचण्ड–नेपाल समुह आक्रमक बन्दा ओली पक्ष भने रक्षात्मक अवस्थामा देखिएको छ । त्यसैले ओली समुहले अहिले दोश्रो तहका नेताका नेताहरुलाई प्रदेश २ मा खटाएको छ ।

प्रदेश समितिमा पनि करिब ७० प्रतिशत सदस्यहरु आफ्नो समुहमा रहेको प्रचण्ड–नेपाल समुहका नेताहरुले बताईरहेका छन् । प्रदेश समितिका बहुमत सदस्यहरुको बैठकले प्रधानमन्त्री ओलीले गरेको संसद बिघटन गर्ने निर्णयविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको छ ।
प्रदेश २ का सह–इञ्चार्ज विश्वनाथ साहको संयोजकत्वमा नेकपा अध्यक्ष प्रचण्ड–नेपाल समुहले संघर्ष समिति गठन गरी पुस १८ गतेदेखि पुस २४ गतेसम्म प्रदेश २ को जिल्ला तथा स्थानीय स्तरमा आन्दोलन गर्ने निर्णय गरेको छ । सो समुहले नेकपा प्रदेश २ को संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध अविश्वास प्रस्ताब दत्र्ता गराई उनलाई पदबाट हटाउने तयारी समेत गरेको छ । ओली पक्षका नेता मण्डलविरुद्धको अविश्वास प्रस्ताबमा नेकपाका १९ जना प्रदेश सभा सदस्यहरुले सहमति जनाएको नेकपाका उपनेता रामकुमार यादवको भनाई छ ।

नेकपाको प्रदेश २ मा ३२ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये प्रचण्ड–नेपाल समुहमा १९ जना छन् भने ओली समुहमा १० जना देखिएका छन् । अन्य ३ जना प्रदेश सांसदहरु अझै प्रष्ट रुपमा खुल्न नसकेको नेताहरुले बताएको छ । यसरी प्रदेश २ मा प्रचण्ड–नेपाल समुह आक्रमक बन्दा ओली पक्ष भने रक्षात्मक अवस्थामा देखिएको छ । त्यसैले ओली समुहले अहिले दोश्रो तहका नेताका नेताहरुलाई प्रदेश २ मा खटाएको छ ।

प्रचण्ड–नेपाल समुहका कार्यकर्तालाई आफ्नो तर्फ भित्र्याउन ओली समुहले सरकारको महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी पाएका मन्त्रीहरुलाई नै परिचालन गरेको छ । राजीनामा दिएका प्रचण्ड–नेपाल समुहका ७ जना मन्त्रीको स्थानमा नियुक्त गरेका मन्त्रीमा ३ जना प्रदेश २ कै छन् । नियुक्त भएका शहरी विकास मन्त्री प्रभु साह, कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र जुली महतो प्रदेश २ का बासी हुन् । तीनै जना मन्त्रीलाई प्रधानमन्त्री ओलीले प्रदेश २ मा खटाएको छ ।

उनीहरुसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेललाई पनि प्रदेश २ परिचालन गरेको छ । मन्त्री भएकाहरुलाई परिचालन गर्दा नेता कार्यकर्ताहरुलाई रिझाउन सहज हुने र बिभिन्न प्रलोभन देखाई प्रचण्ड–नेपाल समुहतिर लागेकालाई आफ्नो पक्षमा ल्याउन सकिने बुझेर नै मन्त्रीहरुलाई प्रदेश २ मा प्रधानमन्त्री ओलीले खटाएको हुन सक्ने बिश्लेषकहरुले बताएका छन् । प्रधानमन्त्री ओली पक्षले पर्साको वीरगञ्जबाट शुरु गरेको प्रदेश २ को कार्यकर्ता भेला प्रदेशको ८ वटा जिल्लामा गर्ने तयारी गरेको छ । ती सबै भेलामा उपप्रधानमन्त्री पोखरेलसँगै अर्थमन्त्री पौडेल, शहरी विकासमन्त्री साह, कानुनमन्त्री श्रेष्ठ, मन्त्री जुली महतो तथा पार्टीका प्रदेश २ को इञ्चार्ज सत्यनारायण मण्डल, सचिव सुमनराज प्याकुरेलले सम्बोधन गर्ने कार्यक्रम तय गरेको उक्त समुहले जनाएको छ ।

 

 

 

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #kp oli, #nekapa, #prachanda


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार