Techie IT
×
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशहुम्लामा भारी हिमपात, पार्किङ गरिएका विमान हिउँले ढाकिँदा …

हुम्लामा भारी हिमपात, पार्किङ गरिएका विमान हिउँले ढाकिँदा …


हुम्ला, २० पुस । हिमाली जिल्ला हुम्लामा सोमबार भारी हिमपात भएको छ। आइतबारदेखि निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको हो ।

सिमकोट विमानस्थल हिउँले ढाकिएको छ। विमानस्थलमा हिउँ जमेपछि उडान प्रभावित भएको छ। हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ।

उत्तरी नाम्खा गाउँपालिकामा हिमपात भइरहेको हिल्सा सीमा सुरक्षामा खटिएका हिल्सा विपओपीका इन्चार्ज सुरज केसीले जानकारी दिए ।
हिमपात हुँदा किसान खुशी भएका छन्। जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन्।

लामो समय पानी नपरेकाले जमीन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला हिमपातले त्यसलाई सहज बनाउने स्थानीयवासी हेमन्त बोहराले बताए।

जुम्लामा पनि हिमपात

जुम्लामा हिमपात शुरु भएको छ । जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ भने गहिरो स्थानमा सामान्य जमेको देखिएको छ । डाडाँकाडा सेप्ताम्बे भएका छन् ।

हिँउ परेपछि चिसो बढ्नुका साथै जनजीवन प्रभावित भएको छ । रातभर समान्य पानी परेको जुम्ला सदरमुकाममा पानी परे सँगै हिँउ जमेको हो । यस बर्ष मंसिरमा समान्य हिउँ परेपनि खासै हिउँ परेको थिएन । मौसम पनि चिसो भएका कारण हिउँ धेरै पर्नसक्ने स्थानीय जनाउछन । हिमपातका कारण भने हवाई यातायात प्रभावित भएको छ ।जुम्ला विमानस्थलमा जहाँज बस्न नसकेको नागरिक उडान प्राधिकरणले जनाएको छ ।

यसैगरी एक हप्ता देखीनै जुम्लामा चिसो बढ्दै आएको छ । अहिले जुम्लाको तापक्रम माईनस बाट शुन्यमा उक्लेको जल तथा मौसम विज्ञान कार्यालयले जानकारी दिएको छ । जल तथा मौसम विज्ञान कार्यालयले प्रमुख आशामपुरा कार्कीका अनुसार आईतवार न्यूनतम माईनस ३ दशमलप ८ डिग्री रहेको तापक्रम वादल र हावा कम भएपछि शुन्य दशमलप ६ रहेको जानकारी दिए।

सडक मानवलाई कठिन

हिमपात सँगैको चिसोले जनजीवन प्रभावित भएको छ । विशेषगरी सडकमा रहेका नागरिकहरुका लागि चिसोले कठिन भएको छ । करिब एक बर्ष देखी चन्दननाथ नगरपालिका वडा नम्बर ३ नाओडारमा बस्दै आएकी मानसिक समस्या भएकी एक महिलालाई बस्न कठिन भएको छ । यद्यपी स्थानीय प्रशासनले उनको अवस्था अवलोकन गर्दै पुनस्र्थापनाको तयारी गरेको छ । तर अत्याधिक चिसो र हिउँ परेका कारण दैलेख घर बताउने ति महिलालाई तत्काल उद्धार गर्न आवश्यक रहेको स्थानीय बताउँदै आएका छन् ।

यस्तै कालिकोट घर बताउने कमल नाम बताउने एक व्यक्ति लामो समय देखी जुँगाड खोलाको तरकारी मण्डिमा बस्दै आएका छन् । उनको समेत मानसिक अवस्था आएको छ ।

 


क्याटेगोरी : प्रदेश, कर्णाली प्रदेश, समाचार
ट्याग : #breaking, #humla, #jumla, #snow, #हिउँ


तपाईको प्रतिक्रिया दिनुहोस