Techie IT
×
गृहपृष्ठराजनीतिश्रीमतीको उपचारका लागि प्रचण्ड मुम्बई तर्फ

श्रीमतीको उपचारका लागि प्रचण्ड मुम्बई तर्फ


काठमाडौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको मुम्बईतर्फ लागेका छन् ।

श्रीमती सीता दाहाललाई थप उपचार गराउन प्रचण्ड मुम्बई गएका हुन् ।

तीन दिनअघि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घरमै ल्याइएको थियो । घरमा आराम गरिरहेकी दाहाललाई थप उपचारका लागि प्रचण्डले उनलाई मुम्बई लगिरहेका छन ।

सीताको मुम्बईस्थित न्युरोजन ब्रेन एण्ड स्पाइन इन्ष्टिच्युटमा डा. आलोक शर्माले उनको उपचार गर्ने छन् ।

यसअघि प्रचण्ड पत्नी सीताको अमेरिका, सिंगापुर र भारतमा उपचार भएको थियो । यो पटक सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि मुम्बई लान थालिएको हो ।

नेपाल एयरलाइन्सको जहाजमार्फत मुम्बई जान प्रचण्ड र सीताको साथमा छोरीहरु रेणु दाहाल, गंगा दाहाल र एकजना नर्स हुने छन् ।


क्याटेगोरी : राजनीति, समाचार, स्वास्थ्य
ट्याग : #breaking, #hot


तपाईको प्रतिक्रिया दिनुहोस