Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशप्रदेश दुईमा वर्चस्व कायम गर्न ओली समूह सक्रिय

प्रदेश दुईमा वर्चस्व कायम गर्न ओली समूह सक्रिय


जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थतन्त्री विष्णु पौडेललाई प्रदेश नम्बर २मा बहुमत प्रापत गर्न पद , पैसा र शक्ति बाँड्न पठाएपनि त्यो सम्भव हुन नसक्ने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका नेताहरूले दाबी गरेका छन ।

प्रचण्ड माधव समूहका नेताहरूको अनुसार नेकपा केन्द्र र प्रदेश दुबैमा उनीहरूको बलियो बहुमत रहेको छ ।

ओलीले प्रदेश नम्बर २मा बहुमत कायम गर्न तीन जना मन्त्री प्रदेश दुईबाटै थपे पनि अहिलेसम्म प्रचण्ड माधव समूहसँग रहेको बहुमत प्राप्त गर्न नसकेपछि पोखरेल र पौडेललाई यो अभियानमा सक्रिय गराएका हुन । उनीहरूसँग नियुक्त मन्त्रीहरू पनि बीरगञ्जबाट सो अभियान सञ्चालन गरेका हुन । कार्यकर्ता भेलागरी नवनियुक्त मन्त्रीहरूको टोलीले बहुमत प्राप्त गर्ने अभियान चलाएका हुन ।

बिभाजन पछि अंकगणितमा नेकपाका प्रचण्ड–माधव समुहको पक्षमा प्रदेश दुईबाट प्रतिनिधित्व गर्ने ७० जना केन्द्रीय सदस्य मध्य ४५ जना भन्दा बढी रहेका छन । समूहका नेताहरूका अनुसार ओली समूहमा बाँकी २५ जना मध्ये ५ जना केन्द्रीय सदस्यहरु अझै समूह खुलाउन अझ बाँकी रहेकाले ओली समूहमा २० जना केन्द्रीय सदस्यहरू मात्र रहेका छन ।

प्रदेश २ का सह–इञ्चार्ज विश्वनाथ साहको संयोजकत्वमा नेकपा अध्यक्ष प्रचण्ड–नेपाल समुहले संघर्ष समिति गठन गरी पुस १८ गतेदेखि पुस २४ गतेसम्म प्रदेश २ को जिल्ला तथा स्थानीय स्तरमा आन्दोलन गर्ने निर्णय गरेको छ ।
सो समुहले नेकपा प्रदेश २ को संसदीय दलका नेता सत्यनारायण मण्डल बिरुद्ध अविश्वास प्रस्ताब दर्ता गराई सो पदबाट हटाउने तयारी समेत गरेको छ ।

ओली पक्षका नेता मण्डल विरुद्धको अविश्वास प्रस्तावमा नेकपाका १९ जना प्रदेशसभा सदस्यहरुले सहमति जनाएको नेकपाका उपनेता रामकुमार यादवको भनाई छ ।

नेकपाको प्रदेश २ मा ३२ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये प्रचण्ड–नेपाल समुहमा १९ जना छन् ।

ओली समुहमा १० जना देखिएका छन् । अन्य ३ जना प्रदेश सांसदहरु अझै प्रष्ट रुपमा खुल्न नसकेको नेताहरूले बताएको छ ।
यसरी प्रदेश २ मा प्रचण्ड–नेपाल समुह आक्रमक बन्दा ओली पक्ष भने रक्षात्मक अवस्थामा देखिएको छ ।

त्यसैले ओली समुहले अहिले दोश्रो तहका नेताका नेताहरुलाई प्रदेश २ मा खटाएको छ । प्रचण्ड–नेपाल समुहका कार्यकर्तालाई आफ्नो तर्फ भित्रयाउन ओली समुहले सरकारको महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी पाएको मन्त्रीहरुलाई नै परिचालन गरेको छ ।

राजीनामा दिएका प्रचण्ड–नेपाल समुहका ७ जना मन्त्रीको स्थानमा नियुक्त गरेको मन्त्रीमा ३ जना प्रदेश २ कै छन् । नियुक्त भएका शहरी विकास मन्त्री प्रभु साह, कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक जुली महतो प्रदेश २ बाट प्रतिनिधित्व गर्छन ।

तीनै जना मन्त्रीलाई प्रधानमन्त्री ओलीले प्रदेश २ मा खटाएका छन ।

 

 

 


क्याटेगोरी : राजनीति, समाचार, मधेस प्रदेश
ट्याग : #breaking, #hot


तपाईको प्रतिक्रिया दिनुहोस