Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियन्यान्सी पेलोसी चौथो पटक सभामुख निर्वाचित

न्यान्सी पेलोसी चौथो पटक सभामुख निर्वाचित


काठमाडौ । अमेरिकाको प्रतिनिधि सभाको सभामुखमा चौथो पटक न्यान्सी पेलोसी फेरि निर्वाचित भएकी छिन ।

पचास वर्षको राजनीतिक अवधिमा डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकाको प्रतिनिधि सभामा चौथो पटक निर्वाचित भइ शक्तिशाली महिलाको रूपमा नयाँ अध्याय लेखेकी छिन । यो पटक उनको लागि सर्वाधिक ठूलो चुनौती थियो ।

यो पटक कमला ह्यारिस उपराष्ट्रपतिमा सुनिश्चित भइसकेको हुनाले पेलोसीको दाबी सभामुखमा बलियो नहुने अपेक्षा कतिपयको थियो ।

नयाँ राष्ट्रपतिका लागि महत्वपूर्ण एजेन्डालाई अगाडि बढाउन ८० वर्षीया सभामुख पेलोसीको भूमिका महत्वपूर्ण हुने देखिएको छ ।

राजनीतिक परिवारमा हुर्केकी पेलोसी कान्छी थिइन । पेलोसीका पिता बाल्टिमोरको इस्टकस्टका मेयर थिए ।

पाउल पेलोसीसँग विवाह गरेपछि म्यानहटनबाट र त्यसपछि सन फ्रान्सिस्को पुगेकी थिइन । घर परिवार सम्हालेको ६ वर्ष भित्रै चार छोरी एक छोरागरी पाँच सन्तानकी आमा बनिन ।

केही नयाँ ठूलो गर्ने सोचमा पेलोसी सन् १९७६मा राजनीतिमा संलग्न भइन । सन् १९८८मा एक सिटमा चुनाव जितिन । सन् २००१मा अल्पसंख्य दलकी नेताको रूपमा प्रतिस्पर्धा गरिन र जितिन ।

डेमोक्रेटिक पार्टीको नेताको रूपमा सदनमा नेतृत्व गर्ने अवसर पाएकी पेलोसीले सन् २००३मा अमेरिकाले इराक विरूद्ध गरेको आक्रमणको कडा आलोचक भएर विशेष चर्चा बटुलिन ।

सन् २००६मा १२ वर्ष पछि उनको पार्टी डेमोक्रेटसले प्रतिनिधि सभामा बहुमत पाएको थियो । त्यो वर्ष प्रतिनिधि सभाको सभामुख बनेर अमेरिकी इतिहासमा पहिलो महिला सभामुखको इतिहास रच्न पुगेकी थिइन ।

चार वर्ष पछि डेमोक्रेटले तल्लो सदनमा बहुमत गुमाए । तर पनि पेलोसीले आएका चुनौतीहरूलाई पराजित गर्दै आइन । २१६–२०८को अन्तरले पेलोसीलाई चौथो पदावधिका लागि सभामुखमा पु¥याएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार, संसद
ट्याग : #breaking, #hot


तपाईको प्रतिक्रिया दिनुहोस