Techie IT
×
गृहपृष्ठराजनीतिराजा वीरेन्द्र भन्दा पनि शक्तिशाली देखाउन राष्ट्रपति विद्याले संसद विघटन गरिन

राजा वीरेन्द्र भन्दा पनि शक्तिशाली देखाउन राष्ट्रपति विद्याले संसद विघटन गरिन


काठमाडौ । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको तत्कालै सिफारिश गरी आफू राजा वीरेन्द्र भन्दा शक्तिशाली भएको देखाउन गरेकी छिन ।

राजा वीरेन्द्रको शासनकालमा राजदरबारमा एकैदिन दुईवटा प्रस्ताव दर्ता भएको थियो ।तत्कालीन समयमा विद्यमान राष्ट्रपति विद्या भण्डारी एमालेको नेताको रूपमा चिनिन्थिन । त्यतिखेर एमाले राजाले संसद विघटन नगरुन्, विशेष अधिवेशन बोलाउन् भन्ने लाइन लिएको थियो । सत्तापक्ष कांग्रेस–राप्रपाको गठबनधनले भनिरहेका थिए, प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरिसकेपछि राजाले संविधानतः संसद विघटनलाई नै प्राथमिकता दिनुपर्छ र खुरुक्क विघटन गर्नुपर्ने भनिरहेको थियो ।

कांग्रेस, राप्रपा र एमालेजस्ता देशका प्रमुख राजनीतिक पार्टीहरु बाँडिएपछि राजा वीरेन्द्रले यसको उपचार संसदको विशेष अधिवेशन आह्वान हुने कि संसद विघटन हुने निक्र्यौल गर्न समय लिए ।

उनले संसदको विशेष बैठक माग गरिएको समावेदन र संसद विघटनको सिफारिश दर्ता गर्न लगाएका थिए ।

राष्ट्रपति विद्या जस्तो समावेदन दर्ता नगर्न भरमग्दुरको जालझेल राजा वीरेन्द्रले गरेका देखिएको थिएन ।

संवैधानिक अभिभावकको भूमिका पूरा गर्ने विश्वासका साथ राजा वीरेन्द्रले त्यसबेला हतारमा निर्णय नलिएर पाँच दिनपछि उनले ०५४ पुस २९ गते संविधानको धारा ८८ अनुसार सर्वोच्च अदालतलाई पत्र पठाएर“ प्रधानमन्त्रीले गरेको संसद विघटनको सिफारिस र ९६ सांसदले चढाएको समावेदनमध्ये कुनले प्राथमिकता पाउँछ” भनी सोधे ।

राजनीतिक विवादबाट आफूलाई टाढा राख्ने बाटोमा त्यतिखेरका राजा वीरेन्द्रले गरेका थिए ।तर सडक आन्दोलनबाट जनताको प्रतिनिधिको रूपमा छानिएर राष्ट्रपति बनेकी विद्या भण्डारीले आफूले राजा भन्दा बलिया देखाउन तत्कालै प्रधानमन्त्री ओलीको इशारामा संसद विघटनको सिफारिश गरेकी छिन । यो कुरा उनले सर्वोच्चलाई पठाएको जवाफमा पनि भनेकी छिन । प्रधानमन्त्री ओलीले गरेको सिफारिशमा हस्ताक्षर गर्नु आफ्नो काम भएको भनेकी छिन ।

उनले पठाएको पत्रमा भनेकी छिन “ सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिश भएको उक्त सिफारिसका आधारमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति तोक्ने कार्य भएकोले सो कार्य संविधानसम्मत नै हुँदा निवेदकको रिट निवेदन बदरभागी हुँदा खारेज गरिपाउ”

एमालेको नेताको रूपमा राजालाई संसद विघटन गर्न भनिरहेको नटेरेको देखेको विद्याले दिवंगत राष्ट्रप्रमुखको त्यो कदमबाट नसिकेर तत्क्षण हस्ताक्षर गर्नु तिमी भन्दा शक्तिशाली मै भए देखाउन गरेको विवाद अन्त्यतःमुलुकलाई भड्खालोमा हालेको देशभित्र र बाहिर चर्चा चलेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #hot


तपाईको प्रतिक्रिया दिनुहोस