Techie IT
×
गृहपृष्ठराजनीतिप्रधानमन्त्री ओलीले फेक न्युज बनाउन थाले

प्रधानमन्त्री ओलीले फेक न्युज बनाउन थाले


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै फेक न्युज बनाउन थालेकोमा आमरूपमा चिन्ता व्यक्त गर्न थालिएको छ ।

प्रधानमन्त्री ओलीले नेकपा नेता भीम रावलको विषयमा सार्वजनिक भएको स्त्रि अङ्ग सम्बन्धी समाचार ‘फेक न्युज’ ठहर भएपनि त्यसको हवाला दिँदै दिएको अभिव्यक्तिले यस्तो चिन्ता व्यक्त गरिएको हो ।

आइतबार राजधानीको कार्की ब्यांकेटमा सम्पन्न अनेरास्ववियूको भेलामा प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले भनेको भन्दै फेक न्यूजलाई आधार बनाएर टिप्पणी गरे ।

नेता रावलले ‘ओलीको शरीरमा स्त्रीको अंग मिसिएकोले दिमागले काम गरेन’ भन्ने भाषण गरेको भन्दै एउटा अनलाइनमा सार्वजनिक समाचार तथ्य जाँचबाट उक्त फेक न्युज भएको खुलेको थियो ।

रावल आफैले पनि त्यो समाचार आफू विरूद्ध कुप्रचार भनेका थिए ।

तर प्रधानमन्त्री ओलीले भने उक्त फेक समाचारकै विषयमा भाषण गर्नु भनेको त्यस्ता न्युज बनाउने कारखाना उनकै नेतृत्वमा शुरू भएको दाबी सत्य नजिक पुगेको आम बुझाइ बन्न लागेको छ ।

पहिलो कुरो ओलीले सबै अनलाइनका समाचार मात्रै पढ्ने काम हो कि देशको काम गर्नु हो ।

निसन्देह यस्ता समाचारबारे जानकारी दिलाउने काम ओलीका सल्लाहकारहरूले दिमागमा पसाएको हुनु धारणा बन्न थालेको छ । यो भनेको ओलीले फेक न्युजको कारखाना त खोलेका छैनन भन्ने चर्चा आम हुन थालेको छ ।

ओलीले भाषणमा रावलको नाम नलिएरै टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री ओलीले महिलाको यत्रो विधि अपमान गर्ने व्यक्तिका बारेमा थाहा पाउँदा पाउँदै मात्र टिप्पणी गर्नुपर्ने थियो कि कारवाही गर्नुपर्ने थियो । संविधानमा कतै नभएको संसद विघटनको कदम चाल्ने प्रधानमन्त्रीले स्पस्ट कारबाही हुने सक्ने व्यक्तिका बारेमा जान्दाजान्दै मात्र टिप्पणी गर्नु अचम्मको विषय हो ।

रावलका बारेमा ओलीले भनेका थिए “ त्यो दिन बेलुका श्रीमतीले कसरी खान दिइन् होला? अचम्म लाग्छ । घरमा पुग्दा ढोका खोलेर स्वागत कसरी गरिन् होला? अचम्म लाग्छ । वरिपरि झ्यालबाट हेर्ने दिदी बहिनी महिलाहरूको अगाडि अनुहार कसरी देखाए होलान?”

यही प्रसङ्ग जोडेर ओलीले केही दिन अघि प्रचण्ड–नेपाल पक्षको ¥यालीमा राष्ट्रपतिका विषयमा भएको नाराबाजीको विषय पनि उठाएका थिए ।

नेता रावलले “उहाँले प्रायोजित समाचार आफैं सिर्जना गर्ने, देशको प्रधानमन्त्री नेताले यति सतही काम गर्नुहुन्छ भने उहाँले के देशको नेतृत्व गर्नुहुन्छ? राष्ट्रलाई सुविचारित ढंगले अगाडि बढाउनु होला भन्ने कसरी आशा गर्ने?”

 


क्याटेगोरी : राजनीति, समाचार, संसद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस