Techie IT
×
गृहपृष्ठराजनीतिप्रचण्ड पत्नीलाई उपचारका लागि भारत लगिने

प्रचण्ड पत्नीलाई उपचारका लागि भारत लगिने


काठमाडौ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई उपचारका लागि भारत लगिने तयारी भएको छ ।

विगत केही दिनयता सिकिस्त रहेकी प्रचण्ड पत्नी सीतालाई थप उपचारका सोमबार भारत लैजान लागिएको निकट स्रोतले जनाएको छ ।

अनुवांशिक पार्किन्सन जस्तो देखिने रोगबाट प्रचण्ड पत्नी सीता पीडित रहदै आएकी छिन । सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो ।

यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समययता उनी घरमा आराम गर्दै आएकी थिइन । तर शरीरमा समस्या बढेपछि अस्पतालमा भर्ना गरिएको थियो ।


क्याटेगोरी : राजनीति, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस