Techie IT
  • २६ असोज २०८१, शनिबार
Jhilko

माघ ७ गते बागमती प्रदेश सभाको बैठक आव्हान


हेटौंडा । वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलले माघ सात गतेलाई प्रदेश सभाको बैठक आव्हान गर्न बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईसमक्ष सिफारिस गरेका छन् ।

एउटा अधिवेशन अन्त भएको कम्तिमा ६ महिनाभित्र अर्काे अधिवेशन आव्हान गर्नु पर्ने कानुनी व्यवस्था रहेको छ । त्यही बाध्यकारी व्यवस्था अनुसार अहिले बैठक आव्हान गर्न सिफारिस गरिएको हो ।

मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताव संसद सचिवालयमा पौष १० गते नै दर्ता भइसकेको छ ।

नेकपाका ८० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा मुख्यमन्त्री विरुद्ध ४५ जनाले हस्ताक्षर गरेका छन् । तर ११० जना रहेको प्रदेश सभामा बहुमतको लागि ५६ जना सदस्य पु¥याउनु पर्ने हुन्छ । यसको लागि प्रतिपक्षको भूमिकालाई महत्वको साथ हेरिएको छ । प्रदेशसभा सचिवालयका अनुसार अविश्वासको प्रस्तावलाई मतदान प्रक्रियाबाट टुंग्याउने गरी आन्तरिक तयारीमा लागेको बताइएको छ ।

 

 


क्याटेगोरी : Breaking, समाचार, बाग्मती प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट