Techie IT
×
गृहपृष्ठसमाचारबिरामी भएकी सीता दाहाललाई निवासमै पुगेर भेटे मोहनविक्रम सिंहले

बिरामी भएकी सीता दाहाललाई निवासमै पुगेर भेटे मोहनविक्रम सिंहले


काठमाडौं, १७ पुस । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पाका कम्युनिस्ट नेता मोहनविक्रम सिंह खुमलटारस्थित निवासमै पुगे । नेकपा मसालका महामन्त्री समेत रहेका सिंहले प्रचण्डसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे लामो कुराकानी गरे ।

प्रचण्डको सचिवालयमा समेत रहेकी उनकी छोरी गङ्गा दाहालले सिंह सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न पुगेको उल्लेख गरेकी छिन् । दुवैबीच देशको राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिएकी छिन् ।

सिंहले प्रचण्डसँग केपी ओलकिो राजनीतिक कदमको आलोचना समेत गरेको बुझिएको छ । कुनैबेला प्रचण्डका राजनीतिक गुरु सिंहले आफ्ना चेलालाई विभिन्न सुझाव समेत दिएको बुझिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #mohan bikram singh, #prachanda, #sita dahal

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)