Techie IT
  • २६ असोज २०८१, शनिबार
Jhilko

उपत्यकाको तापक्रम ‘जिरो’ डिग्री नजिक


काठमाडौं उपत्यकामा बिहीबार तापक्रम जिरो डिग्री नजिक आइपुगेको छ । बिहीबार काठमाडौं उपत्यकामा तापक्रम जिरो डिग्री वरिपरि आएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ०.८ डिग्री मापन भएको छ। बुधबार दिउँसो काठमाडौंको तापक्रम १६.६ डिग्रीसम्म पुगेको थियो।

त्यस्तैगरी बिहीबार जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ डिग्री पुगेको छ भने दीपायलमा ०.४, वीरेन्द्रनगरको १.९ डिग्री सेल्सियस मापन भएको छ। तराईका सहरहरूमा नेपालगञ्जमा न्यूनतम तापक्रम ४ डिग्री पुगेको छ भने विराटनगर, भैरहवा, जनकपुर र विराटनगरको तापक्रम ६ डिग्रीभन्दा माथि छ।

पूर्वानुमान महाशाखाले अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट