Techie IT
×
गृहपृष्ठप्रदेशमहोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


महोत्तरी, ११ असार । महोत्तरीको गौशालामा ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै चालकको मृत्यु भएको छ ।

गौशाला नगरपालिका– ११ स्थित धननारायण टोलमा ना२त ६३५८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई आज दिउँसो दुर्घटना हुँदा सोही ट्याक्टरका चालक २० वर्षीय मनोज मण्डलको मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि जलेश्वर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घटनास्थलमा प्रहरी पुगी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश, मधेस प्रदेश, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस