Techie IT
  • २०८१ असार ३, आइतबार

लाइसेन्स प्रकरणमा मुछिएका दुई जना कर्मचारी धरौटीमा छुटे


काठमाडौं । लाइसेन्स प्रकरणमा मुछिएका दुई जना कर्मचारी धरौटीमा छुटेका छन् । उनीहरुलाई हिरासतमा रहेका शशाङ्क बस्याललाई लाइसेन्स बनाइदिएको आरोपमा पक्राउ गरिएको थियो । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार अख्तियारमा कार्यरत सूचना प्रविधि अधिकृत सुरज प्रकाश अर्याल र यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत अधिकृत नारायण प्रसाद पाण्डे जनही ५ लाख धरौटीमा रिहा भएका हुन् । न्यायाधीश दुर्गालाल भुसालले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।

यातायात व्यवस्था विभागका पूर्व करारका कर्मचारी हरिश भट्टसँग अदालतले २ लाख धरौटी मागेको छ । तर, लाइसेन्स घोटालाबारे भट्टविरुद्धको अर्को मुद्दा नटुङ्गिएको हुनाले उनलाई हिरासतमा नै राखिएको प्रहरीले जनाएको छ । भट्टसहितका कर्मचारीहरू विरुद्ध सीआईबीले रकम असुलेर लाइसेन्स द्रुत छपाई गरेको आरोमा अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

बुटवल प्रहरीको हिरासतमा थुनामा रहेको बेला शशाङ्क बस्याललाई लाइसेन्स बनाइदिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले कम्यूटर अपरेटर नारायण प्रसाद पाण्डेसहित ७ जनालाई प्रतिवादी बनाएको थियो । पक्राउ परेका ३ जना, रुपन्देही घर भएका २८ वर्षीय अकरामुद्दिन मुसलमान, पाल्पा घर भएका २० वर्षीय शशाङ्क बस्याल र पाल्पा घर भएका ५१ वर्षीय ठानेश्वर बस्याल र रुपन्देही घर भएका अरुण कार्की भन्ने लट्टु नाउलाई फरार प्रतिवादी कायम गरिएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट