Techie IT
  • २०८१ असार ३, आइतबार

आजको मौसम कस्तो रहला ?


काठमाडौं । कोशी र मधेश प्रदेशका एक, दुई ठाउँमा बिहान हल्का पानी परेको छ । दिउँसो कोशी, मधेश प्रदेशलगायत पहाडी भू–भागका थोरै ठाउँमा तथा बाँकी भू–भागका एक दुई ठाउँमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका थोरै ठाउँहरुमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ । अहिले स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट