Techie IT
  • २०८१ असार ३, आइतबार

सहकारी पीडितले फेरि आन्दोलनको घोषणा


काठमाडौं । सरकारले गरेको सहमतिअनुसार रकम फिर्ता नपाएपछि सहकारी पीडितले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । सहकारी पीडितको नेतृत्व गरिरहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पर्सि शुक्रवारदेखि आन्दोलनको घोषणा गरेको हो ।

गएको वर्षको जेठ २० गते सहकारी पीडितले आन्दोलन शुरु गरेका थिए । काठमाडौंको माइतीघर मण्डलबाट शुरु भएको आन्दोलन चर्किँदै गएपछि सरकारले सहमति गरेको थियो । तर अहिलेसम्म माग पूरा नभएको पीडितले बताएका छन् ।

हजारौँ बचतकर्ताको अर्बौँ रकम हिनामिना भएको तर बचतकर्ताको रकम फिर्ता गराउन सरकारले पटक–पटक सहमति गरे पनि अहिलेसम्म फिर्ता नपाएको पीडितले बताएका छन् । शुक्रवार भृकुटीमण्डपबाट शुरु गरेर देशव्यापी आन्दोलन गर्ने अभियानका अध्यक्ष कुशलभ केसीले बताए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट