Techie IT
  • ७ माघ २०८१, सोमबार
Jhilko

बेलायतमा फेला परेको नयाँ कोरोनाको नयाँ संस्करण विश्वभर


काठमाडौ । बेलायतमा फेला परेको नयाँ कोरोनाको नयाँ संस्करण विश्वभर फैलिएको देखिएको छ ।

युरोपका देशहरू, क्यानाडा र जापान लगायतका देशमा फैलिएकोले यो नयाँ संस्करण विश्वभर फैलिएको हुन सक्ने देखिएको हो ।

बेलायतबाट आएका संक्रमित व्यक्तिहरूको माध्यमबाट यो नयाँ संस्करण स्पेन, स्विजटरल्यान्ड, स्विडन र फ्रान्स पुगेको हो ।

अर्कोतर्फ क्यानाडाको ओन्टारियोको एक दम्पत्तिमा यो नयाँ संस्करण फेला परेका छ । तर यो दम्पत्तिको कुनै यात्रा इतिहास नभएको त्यहाँका अधिकारीहरूले जनाएका छन ।

जापानले गैर आवासीय विदेशीहरूलाई सोमबार देखि एक महिनाका लागि जापानमा प्रवेश गर्न रोक लगाउने भएको छ ।

यो नयाँ कोरोनाको नयाँ संस्करण पहिले दक्षिणी इंग्ल्यान्डमा देखा परेको थियो । गत सेप्टेम्बरमा फेला परेको यो नयाँ

संस्करण द्रुतगतिमा सर्ने गरेको छ । यसको केही साता भित्रै लन्डन, दक्षिणपूर्व इंग्ल्यान्ड र पूर्वी इंग्ल्यान्डमा फैलिएको छ ।

यी क्षेत्रमा नयाँ कोरोनाबाट संक्रमित हुनेहरूमा नयाँ संस्करणबाट संंक्रमित रहेको पाइएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट