Techie IT
×
गृहपृष्ठसमाचारदुर्घटनामा आमा छोराको मृत्यु

दुर्घटनामा आमा छोराको मृत्यु


सप्तरी, ११ असार । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरमा मोटरसाईकल दुर्घटना हुदाँ आमा छोराको मृत्यु भएको छ ।

पुर्वबाट पश्चिम जाँदै गरेको स १ झ ४८७ नम्बरको टाटासुमो र बिपरित दिशाबाट आउँदै गरेको स १० प ९०५० नम्बरको मोटरसाईकल आपसमा ठोक्किदाँ मोटरसाइकलमा सबार खडक नगरपालिका ५ रंजितपुर निवासी ३० बर्षीय बिरेन्द्र दास र उहाँकी आमा ५० बर्षीया सुद्धनीदेवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी आमा छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस