चट्याङ लागेर सप्तरीमा चार जनाको मृत्यु

सप्तरी, ११ असार । बर्षासँगै परेको चट्याङ लागेर आज विहान सप्तरीमा चार जनाको मृत्यु भएको छ । चट्याङ लागेर सप्तरीको बिभिन्न स्थानमा एक महिलासहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिका र डाक्नेश्वरी नगरपालिकामा १÷१ जनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बिहान खेतमा धान गोड्ने क्रममा अचानक चट्याङ लागेर जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टी निवासी ३० बर्षीया ललितादेवी यादवको मृत्यु भएको छ ।
यस्तै घरमा पुजा लगाएर बिहानै सप्तकोशी नदीमा नुहाउन गएका बेला चट्याङ लागेर महदेवा गाउँपालिका २ निवासी ६० बर्षीय छेदी ठाकुर र २७ बर्षीय बेचन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता प्रहरी नायब उपरिक्षक तीलक भारतीले जानकारी दिए ।
यस्तै खेतमा काम गरिरहेका बेला चट्याङ लागेर राजगढ गाउँपालिका २ बेल्ही चपेना निवासी ४६ बर्षीय केसी साहको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाईते साहको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, मधेस प्रदेश
प्रतिक्रिया