Techie IT
  • २०८१ वैशाख ६, बिहीबार

नेपालले बराेडालाई २७ रनले हरायाे


काठमाडौं । भारतमा चलिरहेकाे एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले बराेडालाई २७ रनले हराएकाे छ ।

नेपालले दिएकाे १ सय ५७ रनकाे लक्ष्य पछ्याएकाे बराेडाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रनमात्र बनाउन सक्याे । बलिङतर्फ नेपालका करण केसी, साेमपाल कामी र अबिनाश बाेहराले समान २ विकेक लिए । यसअघि गुजरातकाे वापीमा टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायाे । नेपालका कुशल मल्लले सबैभन्दा धेरै नट आउट ४२ रन बनाए । यस्तै सन्दीप जाेराले २९ रन बनाए । बलिङतर्फ बराेडका बाबा खानले २ विकेट लिए ।

टी–२० क्रिकेट शृङ्खलामा भाेलि नेपाल र गुजरात तथा चैत २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ । नेपालले आफ्नाे पहिलाे खेलमा गुजरातलाई ८ विकेटले हराएकाे थियाे । फाइनल खेल चैत २५ गते हुनेछ ।

 


 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट