Techie IT
  • २०८१ वैशाख ६, बिहीबार

मजदुर कुट्ने महानगर प्रहरीको एसपीलाई कारबाही गर्न माग


काठमाडौं । बुधवार साँझ काठमाडौंको सुन्धारामा स्वरोजगार मजदुरमाथि आक्रमणको नेतृत्व गर्ने महानगर प्रहरीका एसपी मनोज लामिछानेलाई तत्काल कारबाही गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले माग गरेको छ ।

संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले विज्ञप्ति जारी गर्दै एसपी लामिछानेलाई कारबाही र सम्पूर्ण मजदुरहरूसँग काठमाडौँ महानगरपालिकाले माफी माग्नु पर्ने माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मजदुरमाथि आक्रमणको नेतृत्व गर्ने एसपी मनोज लामिछानेलाई तत्काल कारबाही गर्नुपर्दछ । र, काठमाडौँ महानगरपालिकाले मजदुरहरूसँग माफी माग्नु पर्दछ ।’

त्यस्तै घाइतेको उपचारको व्यवस्था गरिनुपर्ने, महानगर प्रहरीले जफत गरेका सामान फिर्ता गर्नुपर्नेलगायतका माग उनले गरेका छन् ।

महानगर प्रहरीका एसपी मनोज लामिछाने नेतृत्वको प्रहरीले बुधवार साँझ पौने ८ बजे सुन्धारामा स्वरोजगार मजदुरहरुलाई आक्रमण गरेर आतङ्कित बनाएको अध्यक्ष राईले बताए ।

महानगर प्रहरीको यो बलजफती र बलमिच्याई गैरकानुनी रहेको बताउँदै समस्याको समाधान नगरिए महानगर विरुद्ध आन्दोलनमा उत्रने राईले चेतावनी दिएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट