Techie IT
  • २०८१ वैशाख ६, बिहीबार

माछा पार्ने क्रममा बेपत्ता युवकलाई खोज्न सेती नदीको बाँध खोलिँदै


काठमाडौं । माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न आज पोखराको सेती नदीको बाँध खोलिँदैछ । बिहान ८ बजदेखि बाँध खोल्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन कास्की प्रहरीले आग्रह गरेको छ ।

नदी वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसलाई चनाखो हुन तथा नदीको किनारमा नजान र सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको हो । चार दिनअघि सेती नदीमा माछा मार्ने क्रममा पोखरा १ सिम्पानीका मानबहादुर लामा तामाङ बेपत्ता हुनुहुन्छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले खोज्दा पनि फेला नपरेपछि बाँध खोल्न लागिएको हो । यसअघि मङ्सिर २८ गते पनि मणिपाल शिक्षण अस्पतालमा उपचाररत एकजना युवक सम्पर्कविहीन भएपछि उनको खोजीका लागि बाँध खोलिएको थियो । 

 


 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट