Techie IT
×
गृहपृष्ठसमाचारपरराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता


परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइकल आर पोम्पेओसँग आज टेलिफोन बार्ता भएको छ ।

संवादका क्रममा दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ महामारीको विरूद्ध लड्न अनुभव आदानप्रदान गर्दै महामारीका कारण मानव जीवनको क्षतिप्रति सहानुभूति र संवेदना पनि व्यक्त गरेका थिए ।

परराष्ट्रमन्त्री र विदेश मन्त्रीले आफ्ना नागरिकलाई प्रदान गरिएको संरक्षण र हेरचाहको एकअर्काको सरकारको सरहाना ब्यक्त गरेका थिए । दुवै पक्षले नेपालको सामाजिक आर्थिक विकासका प्रयासको पूरक रहेको दुई देशबीचको विकास साझेदारीको महत्वबारे पनि छलफल भएको थियो ।

मन्त्री ज्ञवालीले कोभिड–१९ महामारीसम्बन्धी परियोजनामार्फत अमेरिकी सरकारले नेपालको स्वास्थ्यलगायत अन्य क्षेत्रमा प्रदान गरेको सहयोगको सराहना गरेका थिए ।

सो अवसरमा विदेशमन्त्री पोम्पेओले नेपाललाई अमेरिकाको निरन्तर सहयोगको आश्वासन दिएका थिए । दुवै पक्षले कोभिड–१९ पछिको सन्दर्भमा वृद्धि हुनेस्तरको आर्थिक साझेदारीसँगै सहकार्य बढ्ने विश्वास व्यक्त गरे।

नेपालमा विकसित पछिल्लो घटना र एमसिसि परियोजनाको सन्दर्भमा दुवै देशका परराष्ट्रमन्त्रीको टेलिफोन बार्ता अर्थपूर्ण रुपमा हेरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस