Techie IT
×
गृहपृष्ठसमाचारथप ६२९ जनामा कोरोना संक्रमण पुष्टि, थपिएकामध्ये दुई जना उपत्यकाका

थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि, थपिएकामध्ये दुई जना उपत्यकाका


काठमाडौं, १० असार । बुधबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको जानकारी दिएका हुन् ।

बुधवार थपिएकामध्ये दुई जना उपत्यकाका रहेका छन्। उनीहरु काठमाडौं र भक्तपुर जिल्लाको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ जना पुगेको छ। कोरोनाका कारण हालसम्म २४ जनाको मृत्यु भएको छ।

नेपालमा पछिल्लो २४ घण्टायता डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot


तपाईको प्रतिक्रिया दिनुहोस