Techie IT
  • २०८१ वैशाख ६, बिहीबार

काठमाडौंमा मेघगर्जनका साथ वर्षा, विमान अवतरण हुन सकेनन्


काठमाडौं  । बिहीबार बेलुकीदेखि काठमाडौंमा मेघगर्जनका साथ वर्षा भइरहेको छ । आज दिनभरजसो मौसम बदली भएर चिसो पनि बढेको छ ।

काठमाडौंमा मात्र नभई देशका अन्य भागमा पनि वर्षा भइरहेको छ । हिमाली भेगका केहि स्थानमा भने हिमपात भएको छ । यो क्रम आज रातिसम्म चल्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम खराब भएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उडान समेत प्रभावित बनेको छ । भारतको मुम्बईबाट काठमाडौं अवतरण गर्न खोजेको इण्डिगो एयरलाइन्सको विमान बिहीबार बेलुकी काठमाडौं अवतरण गर्न सकेन । जसकारण उक्त विमान भारतको लखनऊ ‘डाइभर्ट’ गरिएको छ ।

यसैगरी, आन्तरिक उडानमा भने खासै समस्या देखिएको छैन । तर केही ढिलाइ भने भएको छ ।हाल नेपाल भित्र उड्ने विमान इन्स्ट्रुमेन्टल फ्लाइट रुल्समार्फत उडान जारी राखिएको छ ।

महाशाखाका अनुसार आज देशको पहाडी भूभागका थोरै स्थानमा साथै मधेस र लुम्बिनी प्रदेशका तराई भुभागका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको भन्दै यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

शुक्रबारदेखि देशको पश्चिमी भेगबाट मौसम क्रमिक रुपमा सुधार हुँदै जाने पुर्वानुमान गरिएको छ ।  यद्धपी भारी वर्षा र हिमपात हुने सम्भावना नरहेको यद्धपी वर्षाले तापक्रम घट्ने र चिसो बढ्ने हुँदा सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट