Techie IT
  • २०८१ वैशाख ६, बिहीबार

देशभरको मौसम बदली, केही ठाउँमा वर्षा


काठमाडौं । अहिले देशैभरको मौसम बदली भएर केही ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गोरखा, मनाङ, कास्की लगायत गण्डकी प्रदेशका केही जिल्लाका केही ठाउँमा पानी परिरहेको छ । पूर्वदेखि पश्चिमसम्मकै हिमाली र उच्च पहाडी क्षेत्रमा हल्का हिमपात पनि भइरहेको छ ।

आज राति पनि देशैभर बदली भइ लुम्बिनी प्रदेशका पहाडी जिल्ला र अरु प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । भोलि काठमाडौं र काठमाण्डौ पूर्वका केही ठाउँमा पानी पर्ने सम्भावना छ । पानी सबैतिर नपरे पनि सबै हिमाली क्षेत्रमा हिमपातको सम्भावना भने रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट